Wednesday, July 29Nepali Online News Portal

समाचार

कास्केली समाज गठन

कास्केली समाज गठन

जीवनशैली, समाचार, सामाजिक सञ्जाल
राज कुमार ठाकुर शिवराज/ २१ फाल्गुन कपिलवस्तु– कास्की जिल्लाबाट बसाइँसराइ गरी शिवराज नगरपालिकामा बसोबास गर्ने कास्कीबासीहरू द्वारा ‘कास्केली शिवराज समाज’ गठन गरिएको छ । भेलाले शिवराज सुवेदीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।समितिमा कृष्ण पौडेल उपाध्यक्ष, नवराज न्यौपाने सचिव, कमला देवी सुवेदी सहसचिव, तथा लाल बहादुर थापा कोषाध्यक्ष चयन भएका छन । त्यस्तै, सदस्यहरूमा शशिधर सापकोटा, विजय सापकोटा, शिवराज ओझा, र समसेर नेपाली रहेका छन ।यस्तै, भेलाले भवनराज पौडेलको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । नवनिर्वाचित सचिव नवराज न्यौपानेका अनुसार समाजले कास्कीबासीहरूको आपसी सहयोग, एकता र पहिचान प्रवर्द्धन गर्दै सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ ।समाज गठनसँगै शिवराज नगरपालिकामा कास्कीबासीहरूको सक्रिय सहभागिता बढ्ने अपेक्षा गरिएको छ ।...
प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमको समापन

प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमको समापन

फोटो-बिशेष, राजनीति, समाचार, सुचना प्रविधि
प्रदीप चौबे भैरहवा/ फागुन २० मिति २०८१ साल फागुन २० गते दुई दिने प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमको समापन भएको छ । नेपाली काग्रेंस प्रतिनिधिसभा क्षेत्रीय सभापती तथा क्षेत्रीय प्रशिक्षण शाखा अन्तर्गत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमकोसमापन भएको हो । कार्यक्रमको आयोजक - केन्द्रिय नीती, अनुसंधान तथा प्रशिक्षण प्रतिष्ठानले गरेको थियो । दुई दिने प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा शेर बहादुर देउवा, आरजु राना देउवा, गंगन थापा, बाल कृष्ण खाड, मन्जु खाड, डा. शंशाक कोइराला, रुपा बि.क. (मन्त्री), निमा गिरी (प्रदेश संसाद), विरेन्द्र कानोडिया, भ्रमहानन्द उपाध्याय, विनय कुमार गिरी, मुक्तेश्वर मिश्रा, राजेश कुमार उपाध्याय लगायतका नेताहरुको उपस्थिती रहेको थियो । दुई दिने प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम मिति २०८१ साल फागुन १९ गते शुरु भइ मिति २०८१ फागुन २० गते भैरहवा रुपन्देहीको पटवा ...
पारिवारिक कुटपिटबाट व्यक्तीको मृत्यु

पारिवारिक कुटपिटबाट व्यक्तीको मृत्यु

जीवनशैली, समाचार
राज कुमार ठाकुर पाल्पा/ २० फाल्गुन फागुन १५ गते पाल्पामा बुवा र दिदीको कुटपिटबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बगनासकाली गाउँपालिका–२, पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमाल रहेको प्रहरीले जनाएको छ । यही फागुन १५ गते घरायसी विषयमा तीन जनाबीच झगडा भएको थियो । आपसी झैझगडा हुँदा ६३ वर्षका बुवा शेरबहादुर र ४५ वर्षकी दिदी देवी कुमलाले यज्ञबहादुरलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।बुवा र दिदीको कुटाइबाट बेहोस भएका यज्ञबहादुरलाई श्रीमतीले उपचारका लागि तानसेनस्थित मिसन अस्पताल पुर्‍याएकी थिइन् । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । कुटपिट गर्ने बुवा र दिदीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
प्रहरीका लागि स्वास्थ्य शिविर सम्पन्न

प्रहरीका लागि स्वास्थ्य शिविर सम्पन्न

जीवनशैली, फोटो-बिशेष, समाचार, सुचना प्रविधि, स्वास्थ्य/उपचार
धर्मेन्द्र कुमार कुर्मी(चौधरी) बहादुरगन्ज, फागुन १५ इलाका प्रहरी कार्यालय बहादुरगन्जको आयोजनामा प्रहरी जवानहरूको स्वास्थ्य परीक्षणका लागि विशेष स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिवराज अस्पतालको प्राविधिक टोलीको सहयोगमा गरिएको यस शिविरमा सहभागी प्रहरी कर्मचारीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। स्वास्थ्य शिविरमा रक्तचाप जाँच, मधुमेह परीक्षण, र अन्य आधारभूत स्वास्थ्य परीक्षण गरिएका छन्। कार्यक्रममा उपस्थित स्वास्थ्यकर्मीहरूले नियमित स्वास्थ्य परीक्षणको महत्त्वबारे जानकारी गराउँदै स्वस्थ जीवनशैली अपनाउन सुझाव दिए। इलाका प्रहरी कार्यालय बहादुरगन्जका प्रमुख प्रहरी नायब  निरीक्षक (SI) खिम बहादुर जीसी ले यस्तो स्वास्थ्य शिविरले प्रहरी जवानहरूको स्वास्थ्य सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले भन्नुभयो, “प्रहरी संगठनमा कार्यरत हाम्रा जवानहरूको स्वास्थ्य राम्रो हुनु अत्यावश...
अमेरिकन राष्ट्रपति द्वारा नेपालमाथि टिप्पणी

अमेरिकन राष्ट्रपति द्वारा नेपालमाथि टिप्पणी

राजनीति, विश्व, समाचार
सुधांशु गिरी कृष्णनगर "अमेरिकी राष्ट्रपति द्वारा नेपाल माथि आपत्तिजनक टिप्पणी: देशको संप्रभुता र सम्मानमाथि गम्भीर आक्रमण " माैलाना मशहुद खां नेपाली नेपाली राष्ट्रको संकल्प: सम्मानको रक्षा गर्न एकता को ऐतिहासिक सन्देश नेपालको संप्रभुता र सुरक्षा सुनिश्चित गर्नका लागि कृष्णनगरका वर्ड नम्बर ६ र ७ मा माओवादी केन्द्र पार्टीको आयोजनामा भव्य रुपमा बैठक सम्पन्न भयो। यस बैठकमा क्षेत्रीय नेताहरू, कार्यकर्ताहरु र नागरिकहरूको उत्साह र जोश उच्चतम बिन्दुमा थियो। यस कार्यक्रमले नेपालको स्वतन्त्रता, सम्मान र संप्रभुता बचाउनको लागि दृढ प्रतिबद्धता जनायो । जहाँ देशको एकता र जनकल्याणका विषयमा गम्भीर छलफल भयो। जहाँ नयाँ कार्य योजना र समितिहरूको निर्माण गरि भविष्यको दिशा तय गरियो । बैठकको क्रममा, वार्ड नम्बर ६ मा अब्दुलरकीब खानको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको थियो, जसमा उपाध्यक...
गरिबीलाई अन्धकारबाट विकासको उज्यालो सम्मा

गरिबीलाई अन्धकारबाट विकासको उज्यालो सम्मा

राजनीति, समाचार, सुचना प्रविधि
सुधांशु गिरी कृष्णनगर/ फागुन ९ गरिबीलाई अन्धकारबाट विकासको उज्यालो सम्मा नाराको साथ कृष्णनगरमा माओवादी केन्द्रको ऐतिहासिक बैठक सम्पन्न । "५९ लाख गरीब तथा बिपन्न बर्गका ब्यक्तिहरुकाे चिच्च्याहटले हामीहरुलाई झक्झक्याई रहेकाे छ । तसर्थ अब चुप बस्नु सम्भव छैन ।" – मौलाना मशहूद खां नेपाली आज कृष्णनगर वडा नम्बर ५ मा माओवादी केन्द्र पार्टीको एक भव्य र ऐतिहासिक बैठक आयोजना गरिएको थियो । जसले राजनीतिक सचेतना र जनचेतनाकाे नयाँ बाटो खोलिदिएको छ । जनताको जोश र उत्साहले यसलाई प्रमाणित गर्यो कि अब परिवर्तनको समय आएको छ र उपेक्षित वर्गको अधिकारको पुनःस्थापना गर्नका लागि हरेक सम्भावित संघर्ष गरिनेछ । गणेश प्रसाद बन्जाडेकाे सन्चालनमा भएकाे कार्यक्रमकाे अध्यक्षता वसीम अकरमले तथा स्वागत भाषण कमाल खानले गरेका थिए । उनले पार्टीकाे सिद्धान्त, जनसेवामा समर्पित तथा समस्याहरूको समाधान गर्नका लागि अडि...
चितुवाको आक्रमण बाट बालकको मृत्यु

चितुवाको आक्रमण बाट बालकको मृत्यु

समाचार, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्वास्थ्य/उपचार
राज कुमार ठाकुर फाल्गुन ४/ काठमाडौं बर्दियाको मधुवन नगरपालिकामा चितुवाले आक्रमण गर्दा दुई वर्षीय बालकको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका ५ बस्ने रिहान चलाउनेको मृत्यु भएको हो ।मधुवन नगरपालिका वडा न ७ भाटचोकमा शनिवार बेलुकी ८ बजेतिर आँगनमा खेलिरहेको बालकको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । रिहानकी आमा रचना छोरा रिहानलाई लिएर सानीआमाको घरमा आएकी थिइन् । आँगनमा खेलिरहेको बालक हराएपछि घरपरिवारले हारगुहार गरेका थिए । स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीले तत्काल खोजी गर्दा घरबाट५०० मिटर दक्षिणपूर्व खेतमा बेलुकी ९ः१५ बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।...
पत्रकारिता तालिम समारोहबीच समापन

पत्रकारिता तालिम समारोहबीच समापन

जीवनशैली, समाचार, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्थानिय तह
धर्मेन्द्र कुमार कुर्मी फागुन ३/ शिवराज कपिलवस्तु शिवराजमा सञ्चालित तीन दिने पत्रकारिता तालिम आज एक समारोहबीच समापन भएको छ । दलित पत्रकार संघको आयोजनामा फागुन १ गतेबाट सुरु भएको तालिमा जिल्लाका दश पालिकाका २४ किशोर किशोरी सहभागि भएका थिए । समापन कार्यक्रममा बोल्दै विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले सत्य तथ्यका आधारमा पत्रकारिताका गर्नुपर्ने बताए । जनप्रतिनिधिहरुलाई खबरदारी गर्ने र राम्रा कामको जनतामाझ लैजाने जिम्मेवारी पत्रकारहरुको रहेको समाचार लेख्दा संवेदनशिल हुनुपर्ने बताए । तीन दिन सम्म चलेको तालिमले पत्रकारहरूको दक्षता अभिवृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका थिए कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रिय सदस्य रविदत्त मिश्राले पत्रकार समाजको ऐन रहेको बताए । पत्रकार राष्ट्रिको चौथो अंग रहेकोले सरकारले गरेका हरेक कामलाई निगरानी गर्नुपर्ने बताए । ता...
जरा केन्द्रित अभियान – घर घरमा पुग्ने

जरा केन्द्रित अभियान – घर घरमा पुग्ने

राजनीति, समाचार
लालु चौधरी कपिलवस्तु नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तु जिल्लामा जरा केन्द्रित अभियान मार्फत हरेक घर घरमा पुग्ने तयारीमा जुटेको छ । पार्टि जिल्ला कमिटिको द्रोस्रो बैठकले पार्टिलाई हरेक मतदाताको घरघरमा जोड्ने गरि ३ महिना सम्म अभियान संचालन गर्ने निर्णय गरेको छ । बैठकमा सम्वोदन गर्दै प्रमुख अतिथि पार्टि केन्द्रीय सदस्य तथा भुमि व्यवस्था तथा सहकारी मन्त्रि बलराम अधिकारीले पार्टिलाई माथी पुर्याउन कामका जिम्मेवारीलाई लिनुपर्ने बताए । कपिलवस्तुलाई केन्द्रले हेर्ने नजर पहिलेको तुलनामा धेरै फरक भएको बताए । जिल्लाले केन्द्रमा आफ्नो विश्वास राख्न सक्ने भएकाले त्यसलाई कायम राख्न जरुरी रहेको बताए । फरक प्रंगमा बोल्दै अधिकारिले जनता सङ बोलेको कुरा पूरा गर्ने बेला बिरोध गर्न नमिल्ने बताए । चुनावका समयमा जनतालाई भुमी सम्बन्धि समस्या समाधान गर्छु भन्दै भोट लिने अहिले विधेकको विरोध गर्न नमिल्ने ब...
भव्यरुपले ने.क.पा. वडा कमेटी गठन

भव्यरुपले ने.क.पा. वडा कमेटी गठन

राजनीति, समाचार, सुचना प्रविधि, स्थानिय तह
सुधांशु गिरी फागुल ३/ कृष्णनगर (ने.क.पा) माओवादी केन्द्र कृष्णनगरकाे आयोजनामा वडा नं १ र २ मा ऐतिहासिक रुपमा वडा कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ । जसमा वार्ड नम्बर १ र वार्ड नम्बर २ का जनताले उत्साहपूर्वक भाग लिएका छन् । यस शानदार कार्यक्रमको उद्देश्य पार्टीको संगठन पुनः निर्माण र जनताको समस्याहरूको समाधानतर्फ एउटा महत्वपूर्ण कदम थियो। कार्यक्रमका प्रमुखअतिथि शान्ति देवि हरिजनले भनिन् "माओवादी केन्द्र पार्टी जनताको समस्याहरूको समाधान र विकासको लागि काम गर्दैछ।" विशिष्ट अतिथि राजेन्द्र आचार्यले यस कुरामा जोड दिए कि पार्टीको उद्देश्य सत्ता प्राप्ति मात्र नभई जनताको अधिकारको रक्षा गर्नु र उनीहरूको जिवनस्तर उकास्नु पनि हो। मौलाना मशहूद खां नेपालीको जाेसिलाे सम्बाेधन : मौलाना मशहूद खां नेपालीले आफ्ना जोशपूर्ण शब्दहरूमा भने, "माओवादी केन्द्र पार्टी सधैं उत्पीडित, कमजोर वर्ग र अल्प...