Friday, May 29Nepali Online News Portal

पारिवारिक कुटपिटबाट व्यक्तीको मृत्यु


   

राज कुमार ठाकुर
पाल्पा/ २० फाल्गुन

फागुन १५ गते पाल्पामा बुवा र दिदीको कुटपिटबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बगनासकाली गाउँपालिका–२, पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमाल रहेको प्रहरीले जनाएको छ । यही फागुन १५ गते घरायसी विषयमा तीन जनाबीच झगडा भएको थियो । आपसी झैझगडा हुँदा ६३ वर्षका बुवा शेरबहादुर र ४५ वर्षकी दिदी देवी कुमलाले यज्ञबहादुरलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।बुवा र दिदीको कुटाइबाट बेहोस भएका यज्ञबहादुरलाई श्रीमतीले उपचारका लागि तानसेनस्थित मिसन अस्पताल पुर्‍याएकी थिइन् । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । कुटपिट गर्ने बुवा र दिदीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्