Friday, July 24Nepali Online News Portal

चितुवाको आक्रमण बाट बालकको मृत्यु


   

राज कुमार ठाकुर
फाल्गुन ४/ काठमाडौं

बर्दियाको मधुवन नगरपालिकामा चितुवाले आक्रमण गर्दा दुई वर्षीय बालकको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका ५ बस्ने रिहान चलाउनेको मृत्यु भएको हो ।मधुवन नगरपालिका वडा न ७ भाटचोकमा शनिवार बेलुकी ८ बजेतिर आँगनमा खेलिरहेको बालकको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । रिहानकी आमा रचना छोरा रिहानलाई लिएर सानीआमाको घरमा आएकी थिइन् । आँगनमा खेलिरहेको बालक हराएपछि घरपरिवारले हारगुहार गरेका थिए । स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीले तत्काल खोजी गर्दा घरबाट५०० मिटर दक्षिणपूर्व खेतमा बेलुकी ९ः१५ बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्