भुवनेश्वरीमा ४ काेठे भवन शिलान्यास
धर्मेन्द्र कुमार कुर्मी
विजयनगर
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-३ जगदीशपुरमा अवस्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा ४ काेठे भवनकाे शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा (मगर) र गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले शुक्रबार संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् ।
गाउँपालिकाकाे सहयोगमा उक्त भवन निर्माण हुन लागेकाे विद्यालयका प्रधानाध्यापक टेकेन्द्रनाथ मिश्रले जानकारी दिए । उनले ४६ लाख ९१ हजार ५ सय १२ रुपैयाँको लागतमा भवन निर्माण हुन लागेको बताए । भवन निर्माणकाे ठेक्का विश्वकर्मा निर्माण सेवा शिवराज-५ चन्द्राैटाले पाएकाे उनलेे जनाए ।
शिलान्यास कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले शिक्षामा बढी लगानी गर्दै आएकाे बताएका छन् । गाउँपालिकाले शिक्षालाई प्राथमिकता राखेकाे हुँदा सबै विद्यालय र मदरसाहरुमा आवश्यकता अनुसार विकास निर्माण ल...









