Friday, May 29Nepali Online News Portal

आगलागी पिडितलाई राहत वितरण


   

धर्मेन्द्र कुमार कुर्मी

बिजयनगर/ बैशाख २१

 

कपिलवस्तुको विजयनगर गाउँपालिकाले डालपुर र नौरंगियाका आगलागी पिडितलाई राहत वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ डालपुर र नौरंगियाका आगलागी पिडितलाई ४० किलो चामल, ५ किलो दाल, नुन २ किलो, २ लिटर खाने तेल, मसला १ प्याकेट, सर्फ २ किलो, सोयाबिन १ किलो, आलु ५ किलो र चाउचाउ १ पेटी राहत स्वरुप वितरण गरिएको वडा अध्यक्ष अनवर मोहम्मद मुसलमाले जानकारी दिए ।

यस्तै नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु शाखाले पनि राहत वितरण गरेको छ । आगलागी पीडित २८ परिवारलाई रेडक्रसको तर्फबाट अस्थायी बसोवासका लागी कम्बल बाल्टी त्रिपाल, चामल, दाल, नुन, तेल, साबुन, सर्फ, कपडा लगायतको सामग्री वितरण गरिएको सन्तोष श्रीवास्तवले जानकारी दिए ।

विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गाउँपालिकाबाट आगलागी पिडितलाई राहत स्वरुप सो खाद्यान्न लगायतको सामग्री उपलब्ध गराइएको बताए । उनले संघसंस्थासँग थप सहयोगका लागि पहल भइरहेको बताउँदै गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।

प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, प्रहरी उपरीक्षक नवरत्न पौडेल, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल र विजयनगर गाउँपालिका ७ का वडा अध्यक्ष तथा प्रवक्ता दिनेश कुमार चौधरीको उपस्थितिमा राहत वितरण गरिएको बताए ।

बुधबार करिब दिउँसो २ बजेतिर हावा हुरीकारण गहुँको डाँठमा लागेको आगो गाउँमा पस्दा २८ घर र २५ गोठ जलेर नष्ट भएको थियो । डालपुरमा २२ घर, १९ गोठ र नौरङ्गियामा ६ घर र ६ गोठ जलेको थियो । आगलागीबाट खाद्यान्न, लत्ताकपडा लगायतका सामान जलेका छन् ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्