Saturday, September 12Nepali Online News Portal

Author: Krishnanagar Today

२५ हजार बढी पशुलाई भ्याक्सिन

२५ हजार बढी पशुलाई भ्याक्सिन

स्वास्थ्य/उपचार
धर्मेन्द्र कुमार चौधरी विजयनगर/ जेठ २३ कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले २५ हजार ६ सय ६७ पशुलाई भ्याक्सिन (डाेज) दिएकाे छ । गाउँपालिकाले वार्षिक कार्यक्रम २०८०/०८१ अन्तर्गत बाख्रा, भेडा, गाई, भैंसी, र गाेरुलाई नि:शुल्क भ्याक्सिन दिइएकाे पशु सेवा शाखाका प्रमुख प्रहलाद ठाकुरले जानकारी दिए । शाखाका प्रमुख ठाकुराले १४ हजार ९ सय १९ ओटा बाख्रा र भेडालाई पिपिआर भ्याक्सिन (खाेप) दिएकाे बताए । यस्तै १० हजार ७ सय ४८ ओटा गाई, भैंसी र गाेरुलाई एफएमडी, एचएस र बिक्यु भ्याक्सिन दिइएकाे उनले बताए । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले गाउँपालिका भित्रको भेँडा, बाख्रा, गाई, भैँसी, गाेरुलाई पशुजन्य  रोगबाट सुरक्षित राख्न गाउँपालिकाले कुनै कसर नराख्ने बताएका छन् । अध्यक्ष थापाले खोप लगाउन मात्र नभई पशु पालक किसानलाई खोप र रोगको बारेमा जानकारी समेत दिन गरि पशु प्राविधिकहरुलाई किसानकाे घरमै खटा...
अवधी संस्कृति संरक्षण कार्यक्रम सम्पन्न

अवधी संस्कृति संरक्षण कार्यक्रम सम्पन्न

कला साहित्य
धर्मेन्द्र कुमार कुर्मी कृष्णनगर/ जेठ २१ कृष्णनगर नगरपालिकाको उद्योग बाणिज्य संघको सभा हलमा अवधी संस्कृति संरक्षण कार्यक्रम सम्पन्न भएको छ । साथै स्थानीय कलाकारहरुको प्रस्तुति गरिएको थियो ।  कार्यक्रममा अहिरउवा नाच , कहरउवा नाच ,  धोवियाना नाच ,झर्रा नाच, विरहा , अल्हा , चनैनी विरहा लगायत अवधी भाषाको लोकगीत कला संस्कृतिलाई प्रस्तुत गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह र कार्यक्रमको अध्यक्ष निरहु यादवले अवधीको पहिचान झल्कने गरी धोती,  कुर्ता र गम्छा लगाएर कार्यक्रममा सहभागी भएका छन् ।  प्रमुख अतिथिलाई मञ्चमा बस्नको लागि खटियाको व्यवस्थापन रहेको थियो । कार्यक्रममा सहभागी भएका सम्पूर्णका लागि नास्तामा पुडी , सब्जी , गुलगुला , सोहारी र सोठौरा खुवाएर अवधी संस्कृतिको खाने परिकारलाई जोगाउने उद्देश्यले खुवाइएको छ ।  कृष्णनगर नगरपालिका नगर...
अतिक्रमण न हटाउदा, कार्यवाही

अतिक्रमण न हटाउदा, कार्यवाही

सुचना प्रविधि
विनोद ओझा लखौरा/ जेठ १६ मिति २०८१/०२/०३ गते विहिवारका दिन पत्र संख्या- ०८०/०८१ अनुसार कृष्णनगर नगरपालिका वडा.नं-१२ लखौरा गाउँमा उपभोक्ता द्वारा नाली निर्माणको काम गराउने निर्णय भएको थियो । नाली निर्माण गर्ना का लागि सरकारी सडकमा बनाउन काम सडक अतिक्रमणको कारण रोकियो तत्पश्चात वडा कार्यालय ले सडक अतिक्रमण हटाउनको सर्व सहमती बाट निर्णय गरि पत्र जारी गरि सयम दिंदा पनि अतिक्रमण न हटयेको कारण वडा कार्यालयले कृष्णनगर बाट सहयोग ली अतिक्रमण हटाइएको हो । नाली निर्माणका लागि उपभोक्ता समिती द्वारा २०८१ साल जेष्ठ ०५ गते राज किशोर चौधरी घर देखि पुरानो कलभर्ट सम्माको नाली निर्माण काम संचालन हुन लागेको अवैध रुपमा सडक अतिक्रमण गरि घर टहराहरु तोकेको मिति २०८१/०२/०५ गते सम्मा हटायेन्न भन्ने नियमानुसार कार्वाही हुने सबैमा जानकारीको लागि सुचना प्रकाशित गरियेको वडा कार्यालय -१२ रखौला जानकारी दियेको हो ।...
हावाहुरी, ४७ घर क्ष्यायि

हावाहुरी, ४७ घर क्ष्यायि

मुख्य समाचार
धर्मेन्द्र चौधरी विजयनगर/जेठ १५ कपिलवस्तुको विजयनगर गाउँपालिको वर्षा सँगै आएको हावाहुरीका कारण ४७ घरमा क्षति पुगेको छ । सोमवार राती आएको हावाहुरीले विजयनगर गाउँपालिकाका २,३,४,र ६ वडाका ४७ घरमा क्षति पुयाएको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताए । घरको छानो, जस्तापाता समेत उडाएको छ भने एउटा कुखुरा फर्म र एक विद्यालयमा पनि क्षति पुगेको छ । विजयनगर गाउँपालिका ३ का दिपेन्द्रनगरका बलराम सुनारको घर पूर्णरुपमा क्षति भएको छ । हावाहुरीले विद्युतका ९ वटा पोल ढलाएको छ, भने वडा नं ३ मा विद्युत् सेवा अवरुद्ध भएको छ ।वर्षा सँगै आएको हावाहुरीले विजयनगरका चार वडामा ४२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए । आगलागी र लामो समयसम्म परेको खडेरीका कारण समस्यामा परेका स्थानीयलाई वर्षा सँगै आएको हावाहुरीले थप समस्यामा पारेको हो । सोम...
Uncategorized
कपिलवस्तु विजयनगरमा हावाहुरी : ४७ घरमा क्षति   कपिलवस्तुको विजयनगर गाउँपालिको वर्षा सँगै आएको हावाहुरीका कारण ४७ घरमा क्षति पुगेको छ । सोमवार राती आएको हावाहुरीले विजयनगर गाउँपालिकाका २,३,४,र ६ वडाका ४७ घरमा क्षति पुयाएको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताए । घरको छानो, जस्तापाता समेत उडाएको छ भने एउटा कुखुरा फर्म र एक विद्यालयमा पनि क्षति पुगेको छ । विजयनगर गाउँपालिका ३ का दिपेन्द्रनगरका बलराम सुनारको घर पूर्णरुपमा क्षति भएको छ । हावाहुरीले विद्युतका ९ वटा पोल ढलाएको छ, भने वडा नं ३ मा विद्युत् सेवा अवरुद्ध भएको छ । वर्षा सँगै आएको हावाहुरीले विजयनगरका चार वडामा ४२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए । आगलागी र लामो समयसम्म परेको खडेरीका कारण समस्यामा परेका स्थानीयलाई वर्षा सँगै आएको हावाहुरीले थप समस्या...
कृष्णनगर क्ष्राद्धलुको गढ

कृष्णनगर क्ष्राद्धलुको गढ

मुख्य समाचार
प्रदिप चौबे कृष्णनगर / जेठ १५   नेपालको प्रभुनाथ बाबा र माता सुपादेउलारी दर्शन गर्नु निमित भारतिय क्ष्रद्दालुहरुको गढ कृष्णनगर बाजर बनी सकेको छ । करिब हाजौरोको संख्यामा भारतको विभिन्न स्थान बाट माता सुपादेउलारी र भिंगरी प्रभुनाथ दर्शन गर्ना नेपालको कृष्णनगर भंसार हुँदै आई रहेको छ्न ।   भक्तजनहरु आफ्नो-आफ्नो सुविधा अनुसार आई रहेको देखियेको छ । भारत बाट मोटरसाइकलमा, आफ्नो कार/जीप, बस, ट्रेनको सफर गरि नेपालको भोले बाबा(प्रभुनाथ) र माता सुपादेउरालीको दर्शन गर्ना गई रहेको छन । अजो भक्तजनहरु भारत बाट ट्रेन वा सरकारी/ प्राईभेट बसमा यात्रा गरि नेपालको कृष्णनगर आई सके पछि कृष्णनगर बाट बसमा चढी भिंगरी सम्मा यात्रा पूरा गरि भंगरी देखि १४/१५ किलो मिटर पद यात्रा गरि बाबा को दरबारमा पुग्छन । मन्दिर परिसरमा पुगि सके पछि मन्दिरको अर्को तिर सानो कुण्डमा पुगि नुहाई-धुवाई गरि त्यसै क...
चुनाव नजिक, ७२ घन्टा पुर्व बोडर सिल

चुनाव नजिक, ७२ घन्टा पुर्व बोडर सिल

मुख्य समाचार
विनोद ओझा कृष्णनगर/ जेठ १० नेपाल मित्र राष्ट्र भारतको उत्तर प्रदेश कृष्णनगर, खुनुवा, कोईलाबास लगायत का सीमानाका हरुलाइ २३ मई २०२४ (२०८१/०२/१० गते) दिन बिहिवार समय विहान ०६:०० बजे देखि २५ मई २०२४ (२०८१/०२/१२ गते) दिन शनिबार साझा ०६:०० बजे सम्मा चुनावलाई निश्चित गरि सुरक्षा निम्ति ७२ घन्टा ३ दिन पुर्व नेपाल बोडर लाई सिल गरियेको छ । बोडर सिल हुन साथै भारत बाट नेपाल भ्रमण गर्ने अथवा तीर्थ यात्रा गर्ने श्रद्धालु लाई सास्ती भएको छ । नेपाल बाट भारत जाने भारतिय नागरिक समेत लाई समस्या भएको छ । स्थानिय बासिन्दाले घर खर्च (किराना समान, हरियो तरकारी, लुगा, औषधि जस्ता) समान किन्नु का लागि भारतको बढनी बजार जान्थे भने समेतलाई समस्या भएको छ ।   फोटो फिचर : विनोद ओझा...
वडा स्तरीय खोप समितीको बैठक

वडा स्तरीय खोप समितीको बैठक

स्वास्थ्य/उपचार
सुधांशु गिरी सिर्सिहवा/ जेठ ९ मिति २०८१/०२/०९ गते दिन बुधबार सिर्सिहवा स्वास्थ्य चैकीमा कार्यक्रम तथा वडा अध्यक्ष घन्श्याम बनिया, अथिती-, वडा सदस्य-अखिलेश कुमार ठाकुर,अरुण उपाध्याय,  सिर्सिहवा प्रहरी चौकी प्रमुख-फैजल खान , स्वास्थ्य सदस्यअजोरमती मौर्य, आई.पि.भी. अभियान तथा पुर्ण खोप दिगोपना तथा सुनिचितता समबन्धि अन्तर्गत वडा स्तरिय खोप समन्वय समितीको बैठक सिर्सिहवा स्वास्थ्य चौकीमा सम्पन्न भयो । उक्त कार्यक्रममा सिर्सिहवा स्वास्थ्य चौकी प्रमुख सि.हे.व. राम कुमार गुप्ताले आई.पि.भी. खोप र बालबालिकामा लाग्ने विभिन्न रोग, समस्या बारे जानकारी दिनु भएको छ । साथै पोलियोमाईलिट्स, पोलियो उन्मुलन तथा हाल अवस्था, आई.पी.भी खोप र पोलियोको तीन चरण WILD POLIO VIRUS (WPV1,WPV2,WPV3) को  व्याख्या गर्नु भएको हुन । आई.पि.भी खोप ०.५ मि.लि र २.५ मि.लि को भायलमा उपलब्ध हुन्छ । उक्त कार्यक्रममा अ.हे.व- ...
आगलागी पिडितलाई राहत वितरण

आगलागी पिडितलाई राहत वितरण

सामाजिक सञ्जाल, स्थानिय तह
धर्मेन्द्र कुमार कुर्मी बिजयनगर/ बैशाख २१   कपिलवस्तुको विजयनगर गाउँपालिकाले डालपुर र नौरंगियाका आगलागी पिडितलाई राहत वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ डालपुर र नौरंगियाका आगलागी पिडितलाई ४० किलो चामल, ५ किलो दाल, नुन २ किलो, २ लिटर खाने तेल, मसला १ प्याकेट, सर्फ २ किलो, सोयाबिन १ किलो, आलु ५ किलो र चाउचाउ १ पेटी राहत स्वरुप वितरण गरिएको वडा अध्यक्ष अनवर मोहम्मद मुसलमाले जानकारी दिए । यस्तै नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु शाखाले पनि राहत वितरण गरेको छ । आगलागी पीडित २८ परिवारलाई रेडक्रसको तर्फबाट अस्थायी बसोवासका लागी कम्बल बाल्टी त्रिपाल, चामल, दाल, नुन, तेल, साबुन, सर्फ, कपडा लगायतको सामग्री वितरण गरिएको सन्तोष श्रीवास्तवले जानकारी दिए । विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गाउँपालिकाबाट आगलागी पिडितलाई राहत स्वरुप सो खाद्यान्न लगायतको सामग्री उपलब्ध ...
गाउँमा आगलागी, ५० बढि घरगोठ नष्ट

गाउँमा आगलागी, ५० बढि घरगोठ नष्ट

मुख्य समाचार
  विनोद ओझा विजयनगर / बैशाख १९ कपिलवस्तुको विजयनगरमा बुधवारका दिन दुई वटा गाउँमा आगलागी ५० भन्दा बढी घरगोठ नष्ट भएको छ । विजनगर गाउँपालिका वडा ५ को डालपुर र नौरगिया गाउँमा दिउसो २ बजेबाट आगलागी सुरु भएको बताइएको छ । आगलागीका कारण २८ वटा घर,२५ वटा गोठ र ३ वटा भन्साघर जलेको वडा अध्यक्ष अनवर मुसलमानले बताउनुभयो । चार घण्टा पश्चात दमकल प्रहरी र स्थानीयहरुको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । हावाहुरीका कारण खेतबारी बाट गाउँमा आगो सल्किएको हुनसक्ने ईलाका प्रहरी कार्यालय गणेशपुरले अनुमान गरेको छ । आगलागीको विस्तृत जानकारीको लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शिवराज,महाराजगंज र कृष्णनगरको दमकलले आगो निभाइएको स्थानीयहले बताएका छन् ।...