विनोद कुमार ओझा
कृष्णनगर/ जेठ २९
कृष्णनगर नगरपालिका अन्तर्गत रहेको लक्ष्मीनगर सीमा र कुकुर्भुकवा सीमा नाका बाट कुनै डर रही चामलको तस्करी भई रहेको छ । तस्करी पनि दिनको उज्ज्वलो मै भई रहेको छ । कुकुर्भुकवा र लक्ष्मीनगर नाकाम रहेको (BOP Krishnanagar) नेपाल सशस्त्र प्रहरी बल/ सीमा सुरक्षा दलके के गर्दै बसेको छन सीमा नाकामा ?
दुबै फोटामा स्पष्ट देखिन्छ कि तस्करी हुदौ गरेको र विशेष सुचनाको आधारमा समयमै तस्करी हुने स्थानमा पुग्दा चामलको तस्करी भई रहेको जानकारी सही रहेको थियो । कृष्णनगर इ.प्र.का कृष्णनगर नेपाल प्रहरीका मोटरसाइकल घुमुवाहरु के गर्दै बसेको हुन । मोटरसाइकल प्रहरी घुमुवाहरु बजार मात्रै हेर्ने हो कि ठकुरापुर, सिर्सिहवा, लक्ष्मीनगर, कुकुर्भुकवा जस्ता खुल्ला नाकाहरुमा न पुगि कृष्णनगर बाजर भित्रै नाकाहरु हेर्ने काम भई रहेको छ । माथि उल्लेखित नाकाहरुमा कृष्णनगर सशस्त्र प्रहरीका घुमुवाहरु अथवा जवानहरु पुदैन्न । कृष्णनगर भंसार कार्यालयको पनि किनै कर्मचारी पुगेको देखिदैन ।
तस्कारी मात्र आफ्नो पेट पाल्नु मात्र होईन भंसार छलि गरि देशको आर्थिक स्थितिलाई कमजोर बनाउनेतर्फ धकेनु हो । तस्करीगर्ने प्राय जसो भारताको विहारका जनशक्तिहरु हुन । महिला, पुरुष, र तस्करीको कामलाई गराउने स्थानीय नागरिक र पडोसी देश भारतको बढनीका नागरिकहरुको ठूलो योगदान रहेको छ ।
