वडा अध्यक्षकाे लगानी, मिलेमतोमा दाेहन
धर्मेन्द्र कुमार चौधरी
बैशाख ६
कपिलवस्तुको विजयनगर गाउँपालिकाकाे चिरई नदीमा नियम विपरीत नदीजन्य पदार्थ उत्खनन् गरेकाे पाइएकाे छ । मिलेमतोमा ठेकेदारले खोलामा गैरकानुनी रुपमा मापदण्ड विपरीत नदीजन्य पदार्थ निकाली रहँदा सम्बन्धित निकाय मुकदर्शक भएर बसेका छन् ।
खाेलामा ५ का वडा अध्यक्ष अनवर माेहम्मद मुसलमानकाे शेयरसमेत रहेकाे स्राेतले जनाएको छ । स्राेतका अनुसार ठेक्का पाएकाे कम्पनी श्याम एण्ड सन्स निर्माण सेवा महाराजगन्ज कपिलवस्तुकाे डाेकुुमेण्ट प्रयाेग गरे वापत केही रकम मात्र कम्पनीलाई दिने गरि सम्झौता गरेर वडा अध्यक्ष मुसलमानले नै नदीकाे ठेक्का पारेका हुन् ।
उनले यसरी गाउँपालिका र प्रशासनसँग मिलेर नदी दाेहनमा लागेकाे तथ्य बाहिर आएकाे छ । नदीमा वडा अध्यक्ष मुसलमानकै लगानी भएपछि गाउँपालिकासमेत माैन भएर बसेकाे स्थानीय राेहन थारुले बताए । नदीमा चरम दाेहन भइरहँदा सम्बन्धित निकाय ब...









