सुधांशु गिरी
कृष्णनगर, लिंक गेट
सर्व साधारण व्यक्तीहरु द्वारा आफ्नो घर प्रयोजनको लागि दैनिल प्रयोग हुने घर खर्चको लागि मालसामान ल्याउने गरेको हुन्छन ।
कृष्णनगर लिंक गेट (मुख्य भंसार), लिंक गेट प्रहरी चौकी, नेपाल सशस्त्र प्रहरी, भंसार कार्यालय हुदा पनि भारतको बढनी र वरिपरिको बजार बाट चामल, लुगा, मेशेनरी आईटम, मटर, चिनी जस्तो सामानहरु नेपालको कृष्णनगर, बहादुरगंज, चन्द्रौटा बजार सम्मा पुग्ने गरेको तर संबंधित निकायहरु मौन को अवस्थामा पुग्ने गरेको हुन्छ । तस्करीको मालसामान ल्याउदा संबंधित निकायहरु मौनी अव्यवस्थामा हुने गरे हुन्छ्न ।
सर्व साधारण व्यक्ती आफ्नो घर खर्चको लागि ल्याई रहेको समान राम्रो तरिकाले चेकजाच गरिन्छ मानौ देश लाई छ्यती पुर्याने सामान हो । भारतको बढनी र वरिपरि बजार बाट तस्करी गरि ल्याइयेको सामान कृष्णनगर प्रहरी चेक पोष्ट, कृष्णनगर सशस्त्र चेक पोष्ट हुँदै बहादुरगंज चेक पोष्ट हुँदै चन्द्रौटा सम्मा पुग्ने गरेको हुन्छन तर तीनै संबंधित निकायहरु रोक्नु असफल हुन्छन । कुन तरिक्को चेकजाच गरिन्छ ?
सही तरिकाले लियाई रहेको सामानको कृष्णनगरको पोष्टहरुमा केही न केही दान दक्षिणा दिनै पर्छ यो हो चलन । दान दक्षिणाको बैज्ञानिक नाम – चियापान, चिसो, नास्ता खर्च हो ।
