आगलागी पिडितलाई राहत वितरण
धर्मेन्द्र कुमार कुर्मी
बिजयनगर/ बैशाख २१
कपिलवस्तुको विजयनगर गाउँपालिकाले डालपुर र नौरंगियाका आगलागी पिडितलाई राहत वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ डालपुर र नौरंगियाका आगलागी पिडितलाई ४० किलो चामल, ५ किलो दाल, नुन २ किलो, २ लिटर खाने तेल, मसला १ प्याकेट, सर्फ २ किलो, सोयाबिन १ किलो, आलु ५ किलो र चाउचाउ १ पेटी राहत स्वरुप वितरण गरिएको वडा अध्यक्ष अनवर मोहम्मद मुसलमाले जानकारी दिए ।
यस्तै नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु शाखाले पनि राहत वितरण गरेको छ । आगलागी पीडित २८ परिवारलाई रेडक्रसको तर्फबाट अस्थायी बसोवासका लागी कम्बल बाल्टी त्रिपाल, चामल, दाल, नुन, तेल, साबुन, सर्फ, कपडा लगायतको सामग्री वितरण गरिएको सन्तोष श्रीवास्तवले जानकारी दिए ।
विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गाउँपालिकाबाट आगलागी पिडितलाई राहत स्वरुप सो खाद्यान्न लगायतको सामग्री उपलब्ध ...








