१५औं नाम दर्ता (NHPC) परीक्षामा HA Official को ९४% उत्कृष्ट सफलता
सुधांशु गिरी
हेल्थ असिस्टेन्ट लाइसेन्स परीक्षाको तयारीका लागि परिचित HA Official संस्थाले फेरि एकपटक असाधारण नतिजा निकाल्दै सबैलाई चकित पारेको छ। हालै सार्वजनिक १५औं नाम दर्ता (NHPC) परीक्षाको नतिजामा संस्थाले ९४ प्रतिशत पासआउट परिणाम ल्याएर आफ्नो उत्कृष्टतामा निरन्तरता दिएको छ।
संस्थाका संस्थापक एवं मुख्य मेन्टर भरत लुइँटेलका अनुसार, “हामीले लगातार उच्च नतिजा ल्याउन सफल हुनुको कारण हाम्रो विद्यार्थी केन्द्रित अध्ययन प्रणाली, १:१ मार्गदर्शन (mentorship), तथा syllabus अनुसारको व्यवस्थित नोट्स र अनलाइन क्लास प्रणाली नै हो।”
📚 नतिजा र उपलब्धि
यस पटकको १५औं NHPC परीक्षामा नेपालभरको औसत पासदर ४१.०८% (४१० जना) रहेकोमा, तीमध्ये १०० जना भन्दा बढी विद्यार्थी HA Official बाट उत्तीर्ण भएका छन्।
हाल संस्थामा ५ जना अनुभवी मेन्टरहरू :अनमोल लुइँटेल, भरत लुइँटेल, दिपेश पौडेल, खुशी कार्की, र उ...









