Wednesday, October 28Nepali Online News Portal

Author: Krishnanagar Today

कपिलवस्तुको बनकसवासमा बस दुर्घटना

कपिलवस्तुको बनकसवासमा बस दुर्घटना

मुख्य समाचार
राजकुमार ठाकुर कपिलवस्तुको बनकसवासमा बस दुर्घटना हुँदा २० जना घाईते भएका छन । नेपालगन्ज बाट काठमाडौ को लागि छुटेक भे १२ ख ४३७६ नम्बरको बस राती १२:३० बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मध्ये केहीलाई चन्द्रौटास्थित आधाभुत अस्पताल र संजीवनी सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको छ । घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ भने २ जना संजीवनी सामुदायिक अस्पतालमा उपचाररत छन् । अन्य घाइतेहरूको अवस्था सामान्य रहेकोले उपचारपछि डिस्चार्ज गरिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार सडकमा आएको छाडा चौपाया जोगाउने प्रयास गर्दा बस अनियन्त्रित भई दुर्घटना भएको चालकले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
इलाका प्रहरी कार्यालय कृष्णानगरको आयोजनामा नि:शुल्क आँखा चेकजाँच कार्यक्रम सम्पन्न

इलाका प्रहरी कार्यालय कृष्णानगरको आयोजनामा नि:शुल्क आँखा चेकजाँच कार्यक्रम सम्पन्न

मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय  कृष्णानगरमा प्रहरी हरूको निःशुल्क आंखा चेक जांच गरिएको छ इलाका प्रहरी कार्यालय कृष्णानगरको आयोजना तथा नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज छन्द (कालेबाबु) – नारायणी आँखा अस्पतालको सहयोगमा इलाका प्रहरी कार्यालय कृष्णानगर र सो मताहतमा रहेका नेपाल प्रहरी र ट्राफिक प्रहरी हरूको निःशुल्क आंखा चेक जांच गरिएको छ। इलाका प्रहरी कार्यालय कृष्णानगरले गर्मीमा धुलो उड्ने डिउटी गर्दा राम्रो होस भन्ने मन्सायले कृष्णानगर तथा मातहत कार्यालयहरुमा कार्यरत प्रहरी गरि लगभग साट्ठी भन्दा बढी राष्ट्र सेवक कर्मचारीहरुको “निःशुल्क आँखा चेकजाँच कार्यक्रम” सम्पन्न भएको तथा नौ जना लाई निःशुल्क चश्मा र आवश्यक अनुसार अन्यलाई आइ ड्राप वितरण  भएको जानकारी प्रहरी निरीक्षक कृष्ण बहादुर कुवरले दिएका छन्।कार्यक्रममा आ...
कपिलवस्तुकाे विजयनगरसँग जाेडिएका    सिमावर्ती क्षेत्रमा अनुगमन

कपिलवस्तुकाे विजयनगरसँग जाेडिएका सिमावर्ती क्षेत्रमा अनुगमन

स्वास्थ्य/उपचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुकाे पशु क्वारेन्टाइन चेकपोष्ट कृष्णनगरले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत संयुक्त नाका अनुगमन गरेको छ । नेपाल-भारत सिमानामा पशुजन्य रोग नियन्त्रण, अवैध पशु आवतजावत रोकथाम तथा कानुनी प्रक्रिया कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले अनुगमन गरिएको छ। विजयनगर गाउँपालिकासँग जोडिएका नेपाल-भारत जिला बलरामपुरको सिमावर्ती क्षेत्रमा गरिएको उक्त अनुगमनमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीय व्यवसायी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । संयुक्त टोलीले सिमानाबाट हुने पशु तथा पशुजन्य पदार्थको ओसारपसार, क्वारेन्टाइन नियमको पालना र सुरक्षा व्यवस्थाको अवस्था निरीक्षण गरेको थियो । कार्यक्रममा पशु क्वारेन्टाइन चेकपोष्ट कृष्णनगरका पशु चिकित्सक दयाराम चौधरीले सिमानाबाट भित्रिने पशुमा स्वास्थ्य परीक्षण र क्वारेन्टाइन प्रक्रिया अनिवार्य रहेक...
नेपालका प्रख्यात विद्वान शमीम अहमद नदवी सम्मानित

नेपालका प्रख्यात विद्वान शमीम अहमद नदवी सम्मानित

शिक्षा/रोजगार, समाचार, सुचना प्रविधि
सुधांशु गिरी विश्वस्तरीय सम्मान: नेपालका प्रख्यात विद्वान शमीम अहमद नदवी सम्मानित लखनउ (भारत) – नेपालका शैक्षिक, धार्मिक र साहित्यिक क्षेत्रमा एक गौरवशाली क्षणको रूपमा, जामिया सिराजुल उलूम अल्सलफियह, कृष्णानगर नगर पालिका, वार्ड नम्बर ३, लक्ष्मीनगर का अध्यक्ष मासिक पत्रिका उर्दू अल-सिराज का सम्पादक, प्रख्यात विद्वान र लेखक शमीम अहमद नदवी लाई उनका अतुलनीय शैक्षिक र साहित्यिक योगदानको मान्यता स्वरूप अवार्ड प्रदान गरिएको छ । यस सम्मानले केवल राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा उनीद्वारा पुरा गरिएको उर्दू भाषा र साहित्यको सेवालाई मान्यता दिएको छ । शमीम अहमद नदवीको दीर्घकालीन प्रयासले नेपालभित्र मात्र नभई सीमापारि पनि उर्दू भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनमा अमूल्य योगदान पुर्‍याएको छ । यो सम्मान केवल एक व्यक्तिको उपलब्धि होइन, सम्पूर्ण नेपालका उर्दूप्रेमी, विद्वान र शैक...
पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस कृष्णानगरमा मनाइयो 

पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस कृष्णानगरमा मनाइयो 

समाचार, सामाजिक सञ्जाल
धर्मेन्द्र कुमार कुर्मी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ। वि.सं. १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आइतबार मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो।  जिल्ला कपिलवस्तुको कृष्णनगर नगरपालिकामा हर्सोउल्लासका साथ नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा एकता दिवस मनाइएको छ। राष्ट्रीय प्रजातन्त्र पार्टीको आयोजनामा कृष्णनगर बजारमा सो दिवस मनाइएको हो। कार्यक्रममा पृथ्वी नरायण शाहले नेपाल एकिकरणमा गरेको योगदान विर्सन नसकिने कुरा स्मरण गराउदै सम्पूर्ण नेपालीहरू राष्ट्र समृद्ध बनाउन लाग्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन। राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तु जिल्लाको कृष्णनगर नगर अध्यक्ष जय प्रकाश गुप्ताको अध्यक्षतामा राष्ट्र निर्माता श्री ५ पृथ्वी नारायण शाह देव सरकार को ३०४ औं जन्मोत...
विजयनगरमा विजयनगर-३ महादेइयामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु

विजयनगरमा विजयनगर-३ महादेइयामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु

खेलकुद
बिनोद ओझा कपिलवस्तुको विजयनगर गाउँपालिका-३ महादेइयामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । कोटेश्वरी क्लबको आयोजनामा महादेइया खेल मैदानमा प्रतियोगिताको शुभारम्भ गरिएको हो । शुक्रबार ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरीले क्रिकेट प्रतियोगिताकाे उद्घाटन गरेका हुन् । क्लबका अध्यक्ष मुकेश चौधरीका अनुसार खेलकुदमार्फत युवालाई एकताबद्ध गर्दै प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुने टिमलाई ५१ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाण-पत्र प्रदान गरिनेछ भने द्वितीय स्थान हासिल गर्ने टिमलाई २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण-पत्र प्रदान गरिनेछ । आयोजक क्लबका सचिव देवेन्द्रमणि त्रिपाठीले प्रथम वडा स्तरीय क्रिकेट प्रतियोगितामा १६ वटा टिम सहभागी भएको जानकारी दिए । प्रतियोगिताको उद्घाटन कार्यक्रममा विजयनगर गाउँपालिका-७ का वडा ...
विजयनगरमा विजयनगर-३ महादेइयामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु

विजयनगरमा विजयनगर-३ महादेइयामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु

खेलकुद, मनोरञ्जन, समाचार, स्थानिय तह
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुको विजयनगर गाउँपालिका-३ महादेइयामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । कोटेश्वरी क्लबको आयोजनामा महादेइया खेल मैदानमा प्रतियोगिताको शुभारम्भ गरिएको हो । शुक्रबार ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरीले क्रिकेट प्रतियोगिताकाे उद्घाटन गरेका हुन् । क्लबका अध्यक्ष मुकेश चौधरीका अनुसार खेलकुदमार्फत युवालाई एकताबद्ध गर्दै प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुने टिमलाई ५१ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाण-पत्र प्रदान गरिनेछ भने द्वितीय स्थान हासिल गर्ने टिमलाई २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण-पत्र प्रदान गरिनेछ । आयोजक क्लबका सचिव देवेन्द्रमणि त्रिपाठीले प्रथम वडा स्तरीय क्रिकेट प्रतियोगितामा १६ वटा टिम सहभागी भएको जानकारी दिए । प्रतियोगिताको उद्घाटन कार्यक्रममा विजयनगर...
भंसार छली गरि तस्करी, सम्बन्धित निकाय मौन

भंसार छली गरि तस्करी, सम्बन्धित निकाय मौन

आर्थिक, समाचार, सुचना प्रविधि
प्रदीप चौबे यात्रु गेट/ पुष १६ कृष्णनगरका लिंक गेट, यात्रु गेट, चमनगंज (ट्रांन्सफर्मर) लागयात नाकाहरु छन । मिति २०८२ साल पुष १६ गते समय अं. विहना ०९:३७ बजे कृष्णनगर सानो भंसारका नामले चिन्ने यात्रुगेट नाका बाट चामल, हरियो तरकारी (गोभी, हरियो मटर, आलु) लगायत मालसमान भंसार छलि गरि नेपाल जनपथ प्रहरी र नेपाल सशस्त्र प्रहरी बलकै उपस्थितिमा भढनी बाट कृष्णनगर बजारमा ल्याई दोब्बर तेब्बर दाममा बेचिरहेका छन । त्यस प्रकारको क्रियाकलापले स्थानिये किसान बाट ल्याइयेका हरियो सागसब्जीको किसान द्वारा लगायेको उचित दाम निस्किन न सकेकोले चिंतित रहेका छन । बजारमा नेपाल सशस्त्र प्रहरी बल र नेपाल जनपद प्रहरी बलका घुमुवाहरु घुमीरहेका छन तर पनि तस्कारी कसरी, किन र कुन कारणले सम्भव हुन सकेको छ । दुवै दलका घुमुवाहरुलाई सबै थाहा हुदाहुदै पनि किन मौन घारण रहेको छन । कृष्णनगर र वरिपरि रहेका नाकाहरुमा के ...
सर्वसाधारणको लागि नियम, तस्करीको छुट

सर्वसाधारणको लागि नियम, तस्करीको छुट

आर्थिक, समाचार, सुचना प्रविधि
सुधांशु गिरी कर्मा, लोहटी/ पुस १२ लहटी सीमानाकामा नेपाल सशस्त्र प्रहरी बलको निगरानीमा रहेको छ भने तर चेकजाँच सर्वसाधारणहरुका लागि मात्र हो । साझा करिब ०४ बजेर ३१ मिनेट भारत बाट भारतीय नम्बर भएका मोटरसाइकलमा थाहै न भएको बोरामा समान बोकेर लोहटी बोर्डर बाट नेपाल भित्रिए तर उक्त समयामा नेपाल सशस्त्र प्रहरी बलका जवानको आँखा थियेन जस्तो लागछ देखेर र पनि न देखिको गरेका छ्न । केही समय पछि एउटा ठेलामा कबाड बोकेर आयो एक छिन थन्क्याएर ड्युटीमा रहेका नेपाल सशस्त्र प्रहरी बल, कर्मा संग कुरा गरे पछि नेपाल सशस्त्र प्रहरी बल, कर्मा जवान हट्ने बित्तिकै ठेला चालक रक्सी पसल पुगेरा आयो र कबाडको ठेला लियेर भारत तर्ग लाग्यो । नेपाल सशस्त्र प्रहरी बल, कर्मा जवान संग त्यति समय थियेना कि केही चिया खाजा खर्च पायेको चेक जाच गर्ना जरुरी संझनु भएन त्यो ठेला निस्कियो । उक्त कबाडमा के थियो - चरेस...
भारतबाट तस्करी गरेर ल्याइएको १८१ बोरा युरिया मल बरामद

भारतबाट तस्करी गरेर ल्याइएको १८१ बोरा युरिया मल बरामद

आर्थिक, समाचार, सुचना प्रविधि
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुमा भारतबाट तस्करी गरेर ल्याइएको १८१ बोरा युरिया मल बरामद गरिएको छ । स्थानीय तस्कर समूहसँग मिलेर कपिलवस्तुको शिवराज नगरपालिका–७ रुद्रपुरस्थित जय अम्बे प्लाइउड इन्डस्ट्रिज प्रालिको फ्याक्ट्रीभित्र भित्र्याइएको युरिया मल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। ट्रकमा लोड गरिएको उत्त मल नियन्त्रणमा लिई अनुसन्धान भइरहेको सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) तुला चौधरीले जानकारी दिए। उनका अनुसार बरामद भारतीय युरिया मल र प्रयोग भएको ट्रक कृष्णनगर भन्सार कार्यालयलाई बुझाइएको छ । उक्त इण्डस्ट्रिज स्थानीय व्यापारी मनोज कनौडियाको हो । स्थानीय प्लाइउड उद्योगहरूले युरिया मललाई प्लाइ टाँस्ने गोंदको रूपमा प्रयोग गर्ने गरेका छन्। कपिलवस्तुमा रहेका करिब एक दर्जन प्लाइउड उद्योगले अवैध रूपमा आयात गरिएको युरिया मल प्रयोग गर्ने गरिएको आशंका छ ।...