Tuesday, September 8Nepali Online News Portal

Author: Krishnanagar Today

विजयनगर गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

विजयनगर गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुको विजयनगर गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा तथा पत्रकार महासंघको समन्वयमा सम्पन्न कार्यक्रममा स्थानीय नागरिकहरूले शिक्षा, स्वास्थ्य लगायत विभिन्न सेवा–सुविधासम्बन्धी प्रश्न उठाएका थिए। कार्यक्रममा उठाइएका जिज्ञासा तथा गुनासोहरूमाथि गाउँपालिका अध्यक्ष गोपाल थापाले जवाफ बताउनुभयो। त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा लगायत सम्बन्धित शाखाका प्रमुखहरूले पनि विषयगत रूपमा स्पष्टिकरण बताउनुभयो। सार्वजनिक सुनुवाइमार्फत नागरिकका समस्या, सुझाव तथा अपेक्षालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने प्रयास गरिएको र यसले सेवा प्रवाह सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।...
ढाइ क्विन्टल अवैध माछा बरामद

ढाइ क्विन्टल अवैध माछा बरामद

मुख्य समाचार
राज कुमार ठाकुर कपिलवस्तुको शिवराज नगरपालिका–६ गडगैडा क्षेत्रबाट करिब ढाइ क्विन्टल अवैध माछा बरामद गरिएको छ। सीमा क्षेत्र हुँदै भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले उक्त माछा नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार नियमित गस्ती तथा विशेष सूचनाका आधारमा खटिएको टोलीले शंकास्पद गतिविधि देखिएपछि चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा माछा फेला पारेको थियो। सो माछा आवश्यक कागजात तथा भन्सार प्रक्रिया बिना नै भित्र्याइएको पाइएको प्रहरीले जनाएको छ। घटनास्थलबाट दुई वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल समेत बरामद गरिएको छ। माछा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देख्ने बित्तिकै फरार भएको प्रारम्भिक जानकारी दिइएको छ। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुस...
कपिलवस्तुको बनकसवासमा बस दुर्घटना

कपिलवस्तुको बनकसवासमा बस दुर्घटना

मुख्य समाचार
राजकुमार ठाकुर कपिलवस्तुको बनकसवासमा बस दुर्घटना हुँदा २० जना घाईते भएका छन । नेपालगन्ज बाट काठमाडौ को लागि छुटेक भे १२ ख ४३७६ नम्बरको बस राती १२:३० बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मध्ये केहीलाई चन्द्रौटास्थित आधाभुत अस्पताल र संजीवनी सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको छ । घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ भने २ जना संजीवनी सामुदायिक अस्पतालमा उपचाररत छन् । अन्य घाइतेहरूको अवस्था सामान्य रहेकोले उपचारपछि डिस्चार्ज गरिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार सडकमा आएको छाडा चौपाया जोगाउने प्रयास गर्दा बस अनियन्त्रित भई दुर्घटना भएको चालकले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
इलाका प्रहरी कार्यालय कृष्णानगरको आयोजनामा नि:शुल्क आँखा चेकजाँच कार्यक्रम सम्पन्न

इलाका प्रहरी कार्यालय कृष्णानगरको आयोजनामा नि:शुल्क आँखा चेकजाँच कार्यक्रम सम्पन्न

मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय  कृष्णानगरमा प्रहरी हरूको निःशुल्क आंखा चेक जांच गरिएको छ इलाका प्रहरी कार्यालय कृष्णानगरको आयोजना तथा नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज छन्द (कालेबाबु) – नारायणी आँखा अस्पतालको सहयोगमा इलाका प्रहरी कार्यालय कृष्णानगर र सो मताहतमा रहेका नेपाल प्रहरी र ट्राफिक प्रहरी हरूको निःशुल्क आंखा चेक जांच गरिएको छ। इलाका प्रहरी कार्यालय कृष्णानगरले गर्मीमा धुलो उड्ने डिउटी गर्दा राम्रो होस भन्ने मन्सायले कृष्णानगर तथा मातहत कार्यालयहरुमा कार्यरत प्रहरी गरि लगभग साट्ठी भन्दा बढी राष्ट्र सेवक कर्मचारीहरुको “निःशुल्क आँखा चेकजाँच कार्यक्रम” सम्पन्न भएको तथा नौ जना लाई निःशुल्क चश्मा र आवश्यक अनुसार अन्यलाई आइ ड्राप वितरण  भएको जानकारी प्रहरी निरीक्षक कृष्ण बहादुर कुवरले दिएका छन्।कार्यक्रममा आ...
कपिलवस्तुकाे विजयनगरसँग जाेडिएका    सिमावर्ती क्षेत्रमा अनुगमन

कपिलवस्तुकाे विजयनगरसँग जाेडिएका सिमावर्ती क्षेत्रमा अनुगमन

स्वास्थ्य/उपचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुकाे पशु क्वारेन्टाइन चेकपोष्ट कृष्णनगरले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत संयुक्त नाका अनुगमन गरेको छ । नेपाल-भारत सिमानामा पशुजन्य रोग नियन्त्रण, अवैध पशु आवतजावत रोकथाम तथा कानुनी प्रक्रिया कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले अनुगमन गरिएको छ। विजयनगर गाउँपालिकासँग जोडिएका नेपाल-भारत जिला बलरामपुरको सिमावर्ती क्षेत्रमा गरिएको उक्त अनुगमनमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीय व्यवसायी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । संयुक्त टोलीले सिमानाबाट हुने पशु तथा पशुजन्य पदार्थको ओसारपसार, क्वारेन्टाइन नियमको पालना र सुरक्षा व्यवस्थाको अवस्था निरीक्षण गरेको थियो । कार्यक्रममा पशु क्वारेन्टाइन चेकपोष्ट कृष्णनगरका पशु चिकित्सक दयाराम चौधरीले सिमानाबाट भित्रिने पशुमा स्वास्थ्य परीक्षण र क्वारेन्टाइन प्रक्रिया अनिवार्य रहेक...
नेपालका प्रख्यात विद्वान शमीम अहमद नदवी सम्मानित

नेपालका प्रख्यात विद्वान शमीम अहमद नदवी सम्मानित

शिक्षा/रोजगार, समाचार, सुचना प्रविधि
सुधांशु गिरी विश्वस्तरीय सम्मान: नेपालका प्रख्यात विद्वान शमीम अहमद नदवी सम्मानित लखनउ (भारत) – नेपालका शैक्षिक, धार्मिक र साहित्यिक क्षेत्रमा एक गौरवशाली क्षणको रूपमा, जामिया सिराजुल उलूम अल्सलफियह, कृष्णानगर नगर पालिका, वार्ड नम्बर ३, लक्ष्मीनगर का अध्यक्ष मासिक पत्रिका उर्दू अल-सिराज का सम्पादक, प्रख्यात विद्वान र लेखक शमीम अहमद नदवी लाई उनका अतुलनीय शैक्षिक र साहित्यिक योगदानको मान्यता स्वरूप अवार्ड प्रदान गरिएको छ । यस सम्मानले केवल राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा उनीद्वारा पुरा गरिएको उर्दू भाषा र साहित्यको सेवालाई मान्यता दिएको छ । शमीम अहमद नदवीको दीर्घकालीन प्रयासले नेपालभित्र मात्र नभई सीमापारि पनि उर्दू भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनमा अमूल्य योगदान पुर्‍याएको छ । यो सम्मान केवल एक व्यक्तिको उपलब्धि होइन, सम्पूर्ण नेपालका उर्दूप्रेमी, विद्वान र शैक...
पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस कृष्णानगरमा मनाइयो 

पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस कृष्णानगरमा मनाइयो 

समाचार, सामाजिक सञ्जाल
धर्मेन्द्र कुमार कुर्मी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ। वि.सं. १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आइतबार मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो।  जिल्ला कपिलवस्तुको कृष्णनगर नगरपालिकामा हर्सोउल्लासका साथ नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा एकता दिवस मनाइएको छ। राष्ट्रीय प्रजातन्त्र पार्टीको आयोजनामा कृष्णनगर बजारमा सो दिवस मनाइएको हो। कार्यक्रममा पृथ्वी नरायण शाहले नेपाल एकिकरणमा गरेको योगदान विर्सन नसकिने कुरा स्मरण गराउदै सम्पूर्ण नेपालीहरू राष्ट्र समृद्ध बनाउन लाग्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन। राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तु जिल्लाको कृष्णनगर नगर अध्यक्ष जय प्रकाश गुप्ताको अध्यक्षतामा राष्ट्र निर्माता श्री ५ पृथ्वी नारायण शाह देव सरकार को ३०४ औं जन्मोत...
विजयनगरमा विजयनगर-३ महादेइयामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु

विजयनगरमा विजयनगर-३ महादेइयामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु

खेलकुद
बिनोद ओझा कपिलवस्तुको विजयनगर गाउँपालिका-३ महादेइयामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । कोटेश्वरी क्लबको आयोजनामा महादेइया खेल मैदानमा प्रतियोगिताको शुभारम्भ गरिएको हो । शुक्रबार ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरीले क्रिकेट प्रतियोगिताकाे उद्घाटन गरेका हुन् । क्लबका अध्यक्ष मुकेश चौधरीका अनुसार खेलकुदमार्फत युवालाई एकताबद्ध गर्दै प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुने टिमलाई ५१ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाण-पत्र प्रदान गरिनेछ भने द्वितीय स्थान हासिल गर्ने टिमलाई २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण-पत्र प्रदान गरिनेछ । आयोजक क्लबका सचिव देवेन्द्रमणि त्रिपाठीले प्रथम वडा स्तरीय क्रिकेट प्रतियोगितामा १६ वटा टिम सहभागी भएको जानकारी दिए । प्रतियोगिताको उद्घाटन कार्यक्रममा विजयनगर गाउँपालिका-७ का वडा ...
विजयनगरमा विजयनगर-३ महादेइयामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु

विजयनगरमा विजयनगर-३ महादेइयामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु

खेलकुद, मनोरञ्जन, समाचार, स्थानिय तह
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुको विजयनगर गाउँपालिका-३ महादेइयामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । कोटेश्वरी क्लबको आयोजनामा महादेइया खेल मैदानमा प्रतियोगिताको शुभारम्भ गरिएको हो । शुक्रबार ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरीले क्रिकेट प्रतियोगिताकाे उद्घाटन गरेका हुन् । क्लबका अध्यक्ष मुकेश चौधरीका अनुसार खेलकुदमार्फत युवालाई एकताबद्ध गर्दै प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुने टिमलाई ५१ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाण-पत्र प्रदान गरिनेछ भने द्वितीय स्थान हासिल गर्ने टिमलाई २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण-पत्र प्रदान गरिनेछ । आयोजक क्लबका सचिव देवेन्द्रमणि त्रिपाठीले प्रथम वडा स्तरीय क्रिकेट प्रतियोगितामा १६ वटा टिम सहभागी भएको जानकारी दिए । प्रतियोगिताको उद्घाटन कार्यक्रममा विजयनगर...
भंसार छली गरि तस्करी, सम्बन्धित निकाय मौन

भंसार छली गरि तस्करी, सम्बन्धित निकाय मौन

आर्थिक, समाचार, सुचना प्रविधि
प्रदीप चौबे यात्रु गेट/ पुष १६ कृष्णनगरका लिंक गेट, यात्रु गेट, चमनगंज (ट्रांन्सफर्मर) लागयात नाकाहरु छन । मिति २०८२ साल पुष १६ गते समय अं. विहना ०९:३७ बजे कृष्णनगर सानो भंसारका नामले चिन्ने यात्रुगेट नाका बाट चामल, हरियो तरकारी (गोभी, हरियो मटर, आलु) लगायत मालसमान भंसार छलि गरि नेपाल जनपथ प्रहरी र नेपाल सशस्त्र प्रहरी बलकै उपस्थितिमा भढनी बाट कृष्णनगर बजारमा ल्याई दोब्बर तेब्बर दाममा बेचिरहेका छन । त्यस प्रकारको क्रियाकलापले स्थानिये किसान बाट ल्याइयेका हरियो सागसब्जीको किसान द्वारा लगायेको उचित दाम निस्किन न सकेकोले चिंतित रहेका छन । बजारमा नेपाल सशस्त्र प्रहरी बल र नेपाल जनपद प्रहरी बलका घुमुवाहरु घुमीरहेका छन तर पनि तस्कारी कसरी, किन र कुन कारणले सम्भव हुन सकेको छ । दुवै दलका घुमुवाहरुलाई सबै थाहा हुदाहुदै पनि किन मौन घारण रहेको छन । कृष्णनगर र वरिपरि रहेका नाकाहरुमा के ...