Thursday, May 28Nepali Online News Portal

विजयनगर गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न


   

धर्मेन्द्र कुमार कुर्मी

कपिलवस्तुको विजयनगर गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा तथा पत्रकार महासंघको समन्वयमा सम्पन्न कार्यक्रममा स्थानीय नागरिकहरूले शिक्षा, स्वास्थ्य लगायत विभिन्न सेवा–सुविधासम्बन्धी प्रश्न उठाएका थिए।

कार्यक्रममा उठाइएका जिज्ञासा तथा गुनासोहरूमाथि गाउँपालिका अध्यक्ष गोपाल थापाले जवाफ बताउनुभयो। त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा लगायत सम्बन्धित शाखाका प्रमुखहरूले पनि विषयगत रूपमा स्पष्टिकरण बताउनुभयो।

सार्वजनिक सुनुवाइमार्फत नागरिकका समस्या, सुझाव तथा अपेक्षालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने प्रयास गरिएको र यसले सेवा प्रवाह सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्