जनता समाजवादी पार्टी, नेपालले बुधबारदेखि १७ गतेसम्म ७ वटै प्रदेशहरुमा प्रदेश स्तरिय अभिमुखीकरण कार्यक्रम गर्दैछ। जसका लागि पार्टीले वक्ता समेत तोकेको छ। भाद्र ९ गते बिराटनगरमा हुने कार्यक्रमको प्रमुख वक्ताको रुपमा पार्टी अध्यक्ष उपेन्द्र यादव हुन्छन् भने अन्य वक्ताहरुमा वरिस्ठ नेता अशोककुमार राई, केन्द्रीय कार्यकारिणी सदस्य महेन्द्रराय यादव र सुशिल श्रेष्ठ छन्।
बुधबार नै बागमती प्रदेशको काठमाडौँमा पनि जसपाले कार्यक्रम गर्दैछ। जसका लागि पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई प्रमुख वक्ता रहेका छन् भने पार्टीका शिर्ष नेता राजेन्द्र श्रेष्ठ, केन्द्रीय कार्यकारिणी सदस्यद्वय राजकिशोर यादव र हिसिला यमीलाई पनि वक्ताको रुपमा रखिएको छ।
भाद्र ११ गते प्रदेश नम्बर २ को जनकपुरमा हुने अभिमुखीकरण कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव, वरिस्ठ नेता अशोककुमार राई, महेन्द्रराय यादव र रेणु यादव रहेका छन् भने सोहि दिन सुदुरपश्चिम प्रदेशको धनगढीका लागि संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई, शिर्ष नेता राजेन्द्र श्रेष्ठ, केन्द्रीय कार्यकारिणी सदस्यद्वय गोविन्द चौधरी र दुर्गा सोब वक्ता रहने छन्।
भाद्र १३ गते लुम्बिनी प्रदेशको भैरहवामा हुने कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव, वरिस्ठ नेता अशोककुमार राई, महेन्द्रराय यादव र अमृता अग्रहरी वक्ता तोकिएको छ।
गण्डकी प्रदेशको पोखरामा भाद्र १५ गते कार्यक्रम हुने छ जसका लागि वक्ताहरु संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, शिर्ष नेता राजेन्द्र श्रेष्ठ, केन्द्रीय कार्यकारिणी सदस्यद्वय राजकिशोर यादव र हिसिला यमी हुनेछन।
कर्णाली प्रदेशमा प्रमुख वक्ताका रुपमा केन्द्रीय कार्यकारिणी सदस्य महेन्द्रराय यादव प्रमुख वक्ता हुनेछन। सुर्खेतमा हुने उक्त कार्यक्रममा अन्य वक्ताको रुपमा केन्द्रीय कार्यकारिणी सदस्यहरु नवराज सुबेदी, शिवलाल थापा र दुर्गा सोब रहेका छन्।
यी अभिमुखि कार्यक्रम पार्टी केन्द्रको आयोजनामा र प्रदेश समितिको व्यवस्थापनमा हुने छन्।
