जसपाको अभिमुखीकरण कार्यक्रम भोलिदेखि व्यापक रुपमा थालिने
अचम्मका कुरा, अन्तर्वार्ता, आर्थिक, कला साहित्य, खेलकुद, जीवनशैली, पत्र पत्रिका, फोटो-बिशेष, बिचार/ब्लग, बिचित्र संसार, ब्यानर न्युज, भिडियाे, मनोरञ्जन, मुख्य समाचार, राजनीति, विश्व, शिक्षा/रोजगार, समाचार, सम्पादकीय, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्थानिय तह, स्वास्थ्य/उपचार
जनता समाजवादी पार्टी, नेपालले बुधबारदेखि १७ गतेसम्म ७ वटै प्रदेशहरुमा प्रदेश स्तरिय अभिमुखीकरण कार्यक्रम गर्दैछ। जसका लागि पार्टीले वक्ता समेत तोकेको छ। भाद्र ९ गते बिराटनगरमा हुने कार्यक्रमको प्रमुख वक्ताको रुपमा पार्टी अध्यक्ष उपेन्द्र यादव हुन्छन् भने अन्य वक्ताहरुमा वरिस्ठ नेता अशोककुमार राई, केन्द्रीय कार्यकारिणी सदस्य महेन्द्रराय यादव र सुशिल श्रेष्ठ छन्।
बुधबार नै बागमती प्रदेशको काठमाडौँमा पनि जसपाले कार्यक्रम गर्दैछ। जसका लागि पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई प्रमुख वक्ता रहेका छन् भने पार्टीका शिर्ष नेता राजेन्द्र श्रेष्ठ, केन्द्रीय कार्यकारिणी सदस्यद्वय राजकिशोर यादव र हिसिला यमीलाई पनि वक्ताको रुपमा रखिएको छ।
भाद्र ११ गते प्रदेश नम्बर २ को जनकपुरमा हुने अभिमुखीकरण कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव, वरिस्ठ नेता अशोककुमार राई, महेन्द्रराय यादव र रेणु य...
