नेपाल बौद्धिक पेसाकर्मी महासंघको बैठक सम्पन्न
अचम्मका कुरा, अन्तर्वार्ता, आर्थिक, कला साहित्य, खेलकुद, जीवनशैली, पत्र पत्रिका, फोटो-बिशेष, बिचार/ब्लग, बिचित्र संसार, ब्यानर न्युज, भिडियाे, मनोरञ्जन, मुख्य समाचार, राजनीति, विश्व, शिक्षा/रोजगार, समाचार, सम्पादकीय, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्थानिय तह, स्वास्थ्य/उपचार
नेपाल बौद्धिक पेसाकर्मी महासंघको बैठक सम्पन्न भएको छ।
शुक्रबार काठमाडौँको बबरमहलमा सम्पन्न बैठकले सुज अभियान अन्तर्गत महासंघ र त्यस अन्तर्गतका घटक संगठनहरुको समायोजन गर्ने, अन्तरक्रिया कार्यक्रम गर्ने र संगठन बिस्तारमा जोड दिने गरि कार्ययोजना तय गरेको छ।
बैठकमा जसपा नेपालका केन्द्रीय सदस्य तथा महासंघका सह इन्चार्ज पूर्ण बस्नेतको उपस्थिति रहेको थियो भने महासंघका अध्यक्ष कृष्ण शर्मा, महासचिब बिरेन्द्र ठाकुर, सचिब मन्जारुल अन्सारी, कोषाध्यक्ष उत्तम श्रेष्ठ, घटक संगठनको तर्फबाट कानुन ब्यबसायी एसोसिएसनका अध्यक्ष दीपक राई, प्रेस मंच नेपालका अध्यक्ष केशब अर्याल, इञ्जिनियरिङ्ग समाजका केन्द्रिय सदस्य जनार्दन गिरि,काठमाडौँ विश्वबिद्यालयका प्राध्यापक डा काशीराज पाण्डे लगायतले आ आफ्नो धारणा राख्नु भएको थियो।...





