Friday, May 29Nepali Online News Portal

हावाहुरी, ४७ घर क्ष्यायि


   

धर्मेन्द्र चौधरी

विजयनगर/जेठ १५

कपिलवस्तुको विजयनगर गाउँपालिको वर्षा सँगै आएको हावाहुरीका कारण ४७ घरमा क्षति पुगेको छ । सोमवार राती आएको हावाहुरीले विजयनगर गाउँपालिकाका २,३,४,र ६ वडाका ४७ घरमा क्षति पुयाएको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताए ।

घरको छानो, जस्तापाता समेत उडाएको छ भने एउटा कुखुरा फर्म र एक विद्यालयमा पनि क्षति पुगेको छ । विजयनगर गाउँपालिका ३ का दिपेन्द्रनगरका बलराम सुनारको घर पूर्णरुपमा क्षति भएको छ । हावाहुरीले विद्युतका ९ वटा पोल ढलाएको छ, भने वडा नं ३ मा विद्युत् सेवा अवरुद्ध भएको छ ।वर्षा सँगै आएको हावाहुरीले विजयनगरका चार वडामा ४२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए ।

आगलागी र लामो समयसम्म परेको खडेरीका कारण समस्यामा परेका स्थानीयलाई वर्षा सँगै आएको हावाहुरीले थप समस्यामा पारेको हो । सोमवार बिहान हावाहुरीले क्षति पु¥याएको घरमा पुग्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले तत्काल बस्नको लागि आवश्यक व्यवस्था मिलाइने बताए । क्षतिको विवरण तयार भए पश्चात् पालिकाले आवश्यक सहयोग गर्ने थापाले आश्वासन दिएका छन्

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्