Friday, May 29Nepali Online News Portal

गाउँमा आगलागी, ५० बढि घरगोठ नष्ट


   

 

विनोद ओझा
विजयनगर / बैशाख १९

कपिलवस्तुको विजयनगरमा बुधवारका दिन दुई वटा गाउँमा आगलागी ५० भन्दा बढी घरगोठ नष्ट भएको छ । विजनगर गाउँपालिका वडा ५ को डालपुर र नौरगिया गाउँमा दिउसो २ बजेबाट आगलागी सुरु भएको बताइएको छ । आगलागीका कारण २८ वटा घर,२५ वटा गोठ र ३ वटा भन्साघर जलेको वडा अध्यक्ष अनवर मुसलमानले बताउनुभयो । चार घण्टा पश्चात दमकल प्रहरी र स्थानीयहरुको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

हावाहुरीका कारण खेतबारी बाट गाउँमा आगो सल्किएको हुनसक्ने ईलाका प्रहरी कार्यालय गणेशपुरले अनुमान गरेको छ । आगलागीको विस्तृत जानकारीको लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शिवराज,महाराजगंज र कृष्णनगरको दमकलले आगो निभाइएको स्थानीयहले बताएका छन् ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्