अन्तर—विद्यालय हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न
५ पुस, म्याग्दी ।
श्री मुक्तिधाम माध्यमिक विद्यालयको प्राङ्गणमा आधारभूत तह (१–५) अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ ।
विद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धि तथा अन्तरनिहित प्रतिभा प्रस्फुटनको उद्धेश्यले आयोजित यस प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी जम्मा ९ वटा माध्यमिक र आधारभूत तहका विद्यालयहरु सहभागी भएका थिए ।
प्रतियोगितमा श्री अन्नपूर्ण आधारभूत विद्यालय, श्री नर्थ स्टार इङलिस बोर्डिङ स्कुल, श्री मुक्तिधाम माध्यमिक विद्यालय, श्री रघुगंगा माध्यमिक विद्यालय, श्री ज्ञानोदय माध्यमिक विद्यालय, श्री हिमालय आधारभूत विद्यालय, श्री मालिकादेवी आधारभूत विद्यालय, श्री सिद्धार्थ ज्ञान मन्दिर आधारभूत विद्यालय र श्री देउराली आधारभूत विद्यालय सहभागी भएका थिए । नेपाली, अंग्रेजी, विज्ञान, सामाजिक, गणित, स्वास्थ्य, संगीत र फोटो गरी कुल ८ विधामा आधारीत रहेको यस प्रतियोगीतमा...








