Wednesday, July 29Nepali Online News Portal

ब्यानर न्युज

नवलपरासी माघे औंशी मेला त्रिवेणीमा

नवलपरासी माघे औंशी मेला त्रिवेणीमा

मुख्य समाचार
१६ माघ, कृष्ण गिरी नवलपरासी । माघे औँशी मेलाका लागि त्रिवेणीधाममा नेपाल भारतका हजारौँ तीर्थालु भक्तजनहरुको भीड लागेको छ। मेलाको अघिल्लो दिन मंगलबार साँझबाटै नेपाल भारतका हजारौँ श्रद्धालुहरू त्रिवेणीका मठमन्दिरमा भरिभराउ भएका थिए ।औँशीका अवसरमा त्रिवेणीधामस्थित नारायणी नदीमा स्नान गर्ने र पितृहरूको श्राद्ध गर्नका लागि श्रद्धालुहरू यहाँ आउने प्रचलन सदियौँ पुरानो हो । सदियौँ अघिदेखि माघे औँशीका अवसरमा यहाँ स्नान गर्ने र दान गर्ने श्रद्धालुहरूको घुँइचो लाग्ने गरेको हो । स्वर्णभद्रा, पुर्णाभद्रा र नारायणी नदीको संगमस्थल त्रिवेणीधाममा भारतको बिहार, उत्तर प्रदेश, लखनउ, पटनादेखिका श्रद्धालुहरू आउने चलन रहेको छ ।...
प्रहरीद्वारा ८ लाख बढीको अवैध सामान नियन्त्रण

प्रहरीद्वारा ८ लाख बढीको अवैध सामान नियन्त्रण

मुख्य समाचार
बिनोद ओझा कृष्णानगर /रुपन्देहीको सियारी गाउँपालिका–२ स्थित कटुवा भन्ने ठाउँबाट प्रहरीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको ८ लाख रुपैयाँ भन्दा धेरै मूल्यका विभिन्न सामान नियन्त्रणमा लिएको छ जिल्ला प्रहरी कार्याल्यबाट खटिएको टोलीले उक्त ठाउँमा चेकजाँंचका क्रममा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरीपैठारी गरि ल्याउँदै गरेको अवस्थामा मोवाइल फोन, मोवाइल फोनका विभिन्न सामान र केही कस्मेटिक सामान नियन्त्रणमा लिएको हो नियन्त्रणमा लिइएका सामानमा बिभिन्न किसिमका मोबाइलका ग्लास ४ हजार पिस, बिभिन्न किसिमका मोबाइलका कभर ७ सय ४ थान, यरफोन १ हजार ९ सय ६० थान, मोबाइल चार्जर केबल १ हजार ५ सय ८८ थान र बिभिन्न किसिमका कस्मेटिक सामान छन् । नियन्त्रणमा लिइएका ति सामानको मूल्य ८ लाख १० हजार, ७ सय ६० रुपैयाँ रहेको र थप कारवाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय रुपन्देही...
उपाध्यक्ष पदको लागि उपयुक्त, शाह

उपाध्यक्ष पदको लागि उपयुक्त, शाह

आर्थिक, मुख्य समाचार, सुचना प्रविधि
सुधांशु गिरी कृष्णनगर, कपिलवस्तु मिति २०८१ साल पुष १९ गते २ वर्ष पछि (समय भन्दा पचाडी) हुन लागेको कृष्णनगर उधोग वाणिज्य संघ चुनावमा उपाध्यक्ष पदको लागि रवि शाहले आफ्नो नाम दर्ज गरि नेपाली (पहाडी समुदय) उम्मेदवारी दियेको हुन । शाह एक समाजसेवी, व्यक्तित्व र सहज मानवीय, राम्रो छवि रहेको हुन । नेपाली/ पहाडी समुदायका जो कोई समितिको सदस्य अथवा राम्रो पदमा कृष्णनगर उधोग वाणिज्य संघको मिति २०८१ साल पुष १९ गते हुन लागेको चुनावमा निर्वाचित भइ पदमा रहेयो भने संस्थाको विकास हुने छ । उक्त उपाध्यक्ष पदमा उम्मेदवारी दियेको रवि शाहलाई जिताउनु भयो भने कृष्णनगर व्यापारीहरुको समस्य समाधान हुने छ भनी शाहीले प्रतिवध्ता जनाएको हुन । ...
कपिलवस्तुकाे विजयनगरमा माछा जाेन विस्तार गर्न कृषकसँग छलफल

कपिलवस्तुकाे विजयनगरमा माछा जाेन विस्तार गर्न कृषकसँग छलफल

Uncategorized, मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा माछा जाेन विस्तार गर्नका लागि बृहत छलफल गरिएको छ । गाउँपालिकाकाे सभाहल खडैचामा गाउँपालिकाले माछा पालक कृषकहरुसँग माछा जाेन विस्तारका लागि छलफल गरेकाे हाे । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले विजयनगर गाउँपालिकाभित्र माछा व्यवसायीले संगठन बनाई अगाडी बढ्नुपर्ने बताएका छन् । माछा पकेट क्षेत्रका लागि गाउँपालिका उपयुक्त क्षेत्र भएकाले माछा व्यवसाय फस्टाउन सकिने विभिन्न ताल, पाेखरी रहेकाे हुँदा माछा व्यवसायीले लगानी गर्नुपर्नेमा उनले जाेड दिए । अध्यक्ष थापाले भारतबाट आयात हुने पशुजन्य पदार्थ तस्करी पहिला भन्दा धेरै कम भएको बताउँदै पशुजन्य पदार्थलाई आयातबाट राेक्न लागि माछा व्यवसायी लगायत सम्बन्धित निकायले लाग्नुपर्ने बताए । भारतीय माछा आयातले स्वदेशी माछा व्यवसायीहरु मर्कामा परेकाे हुँदा सबैेले हातेमालो गर्दै स्थानीय उत्पादन...
राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला शाखा कपिलवस्तु  लुम्बिनी प्रदेशकाे उत्कृष्ट शाखाकाे रुपमा सम्मानित भएको छ

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला शाखा कपिलवस्तु  लुम्बिनी प्रदेशकाे उत्कृष्ट शाखाकाे रुपमा सम्मानित भएको छ

Uncategorized, मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी शनिबार बाँकेकाे नेपालगन्जमा अायाेजित राष्ट्रिय दलित पत्रकार संघ,नेपाल लुम्बिनी प्रदेशकाे दाेस्राे अधिवेशनबाट कपिलवस्तु सहित प्युठान र रुपन्देही शाखालाई प्रदेश उत्कृष्ट शाखाकाे रुपमा सम्मानित गरिएको हाे । प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशकाआन्तरिक मामिला तथा कानूनमन्त्री अदेश कुमार अग्रवाल, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनाेद पहाडी, लुम्बिनी प्रदेश सभा सदस्य सुशीला नेपालीले उत्कृष्ट छनाैट भएका शाखाका अध्यक्षहरुलाई सम्मान पत्र प्रदान गर्नुभएको हाे ।कानूनमन्त्री अादेश अग्रवालले सम्मान पत्र प्रदान गर्दै पत्रकारिता मार्फत उत्पिडित नागरिकका अावाज उठाउन अाग्रह गर्नुभयाे । सुशासन कायम राख्न पत्रकारिता महत्त्वपूर्ण हुने बताउदै विभिन्न विकृति विसंगतिका बिरुद्ध निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो । अग्रवालले नेपालकाे संविधानले जातिय भेदभाव तथा छ...
अन्तर—विद्यालय हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न

अन्तर—विद्यालय हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न

फोटो-बिशेष, ब्यानर न्युज, मुख्य समाचार, शिक्षा/रोजगार
५ पुस, म्याग्दी । श्री मुक्तिधाम माध्यमिक विद्यालयको प्राङ्गणमा आधारभूत तह (१–५) अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ । विद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धि तथा अन्तरनिहित प्रतिभा प्रस्फुटनको उद्धेश्यले आयोजित यस प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी जम्मा ९ वटा माध्यमिक र आधारभूत तहका विद्यालयहरु सहभागी भएका थिए । प्रतियोगितमा श्री अन्नपूर्ण आधारभूत विद्यालय, श्री नर्थ स्टार इङलिस बोर्डिङ स्कुल, श्री मुक्तिधाम माध्यमिक विद्यालय, श्री रघुगंगा माध्यमिक विद्यालय, श्री ज्ञानोदय माध्यमिक विद्यालय, श्री हिमालय आधारभूत विद्यालय, श्री मालिकादेवी आधारभूत विद्यालय, श्री सिद्धार्थ ज्ञान मन्दिर आधारभूत विद्यालय र श्री देउराली आधारभूत विद्यालय सहभागी भएका थिए । नेपाली, अंग्रेजी, विज्ञान, सामाजिक, गणित, स्वास्थ्य, संगीत र फोटो गरी कुल ८ विधामा आधारीत रहेको यस प्रतियोगीतमा...
लाखौ रुपैया समेत एक जना हिरासतमा

लाखौ रुपैया समेत एक जना हिरासतमा

मुख्य समाचार, विश्व
कृष्णगर टुडे मिति २०८१ पुष ०४ गतेका दिन ५०वा बटालियन सशस्त्र सीमा बल को डी संवाद बढ़नी भारत बाट नेपाल जाने क्रममा चेक पोस्ट बढ़नी मा एक जना व्यक्तिको खानतलाशी लिदा ९ लाख ९५ हजार भारतीय मुद्रा लुगामा लुकाई छिपाई राखेको फेला परेको हो । हिरासतमा रहेको व्यक्तीको राजकुमार मुराव छोरा स्वर्गीय मुन्नू मुराव उमेर ४३ वर्ष निवासी कुशवाहा वार्ड नं.4 जिला कपिलवस्तु नेपाल रहेको ५०वा वटालियन सशस्त्र सीमा बल डी कंपनी बढ़नी प्रभारी निरीक्षक रामदासको निर्देशन मा मुख्य आरक्षी गिरीश शर्मा आरक्षी विकास यादव सनी कुमारको आदेशानुसार आवश्यक सोधपुछ गरि सके पछि कस्टम बढ़नी कार्यालयमा बुझायेको जानकारी प्राप्त भएको हो । ...
मानव बस्तीमा खुला रूपमा हिँड्ने चितुवालाई नियन्त्रणमा लिइयो

मानव बस्तीमा खुला रूपमा हिँड्ने चितुवालाई नियन्त्रणमा लिइयो

Uncategorized, मुख्य समाचार
बिनोद ओझा मानव बस्ती क्षेत्रमा खुला रूपमा हिँडिरहेको चितुवालाई एक महिनापछि नियन्त्रणमा लिइएको छ। कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ६ श्रीनगर गाउँमा वन कर्मचारीहरूको सहयोगमा वस्यक भाले चितुवालाई नियन्त्रणमा लिइएको हो। चितवन राष्ट्रिय निकुन्जका २ र गौतमबुद्ध डिभिजन वन कार्यालयका ५ गरी ७ जनाको टोलीको ११ दिनको अथक प्रयासपछि चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन प्रमुख राजु क्षेत्रीले बताए। चितुवाले बस्तीमा रहेका निलगाई र त्यसका बच्चा, बाख्रा लगायतका घर पालुवा जनावार खाएको र चितुवाले गर्दा गाउँमा विगत १ महिनादेखि त्रास फैलिएको कपिलवस्तु साझेदारी वनका अध्यक्ष गंगेशनाथ तिवारीले बताए। चितवनबाट आएको निकुन्जका २ प्राविधिकहरूले बुटहनीया र श्रीनगर गाउँमा ११ दिनअघि क्यामेरा जडान गरेर चितुवाबारे विवरण संकलन गरेको थियो। त्यसैका आधारमा खोरमा बाख्रा राखेर जालमा पारेर चितुवालाई आइता...
अनेम संघ विजयनगर १ नम्बर वडा कमिटीकाे अध्यक्षमा सिर्जना थारु

अनेम संघ विजयनगर १ नम्बर वडा कमिटीकाे अध्यक्षमा सिर्जना थारु

मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु नेकपा एमालेकाे भातृ संगठन अखिल नेपाल महिला संघ विजयनगर गाउँपालिकाकाे वडा नम्बर १ काे वडा कमिटीकाे अध्यक्षमा सिर्जना थारु चयन भएकी छन् । थारुकाे नेतृत्वमा ४१ सदस्य अनेम संघ वडा कमिटी गठन गरिएको जनाइएको छ । जसकाे उपाध्यक्षमा गिता काेरी, सचिवमा टीका माया थापा, उप-सचिवमा कमला खटिक र चेतमाया सारु सर्वसम्मत रुपमा चयन भएका छन् । अनेम संघले संगठनलाई बलियो बनाउन सबै वडामा वडा कमिटी विस्तार गर्ने कार्यलाई तीव्रता दिएकाे छ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य गाेपाल बहादुर थापाले संगठनलाई मजबुत बनाउँदै अगाडी बढ्नुपर्नेमा जाेड दिएका छन् । अनेम संघले महिलाकाे हक अधिकारका लागि विभिन्न समयमा सक्रिय भएर अधिकारका पैरवी गर्दै आएकाे जिकिर गर्दै समाज परिवर्तन गर्न अनेम संघ महत्त्वपूर्ण भूमिका रहेको अध्यक्ष थापाकाे भनाइ छ । यस्तै नेपाल एमाले जिल्ला कमिटी सदस्...
विद्यालयमा यल्लो बक्सः मेयरले गुनासो सुन्ने

विद्यालयमा यल्लो बक्सः मेयरले गुनासो सुन्ने

मुख्य समाचार, शिक्षा/रोजगार
राजकुमार ठाकुर चन्द्रौटा कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले शिक्षा क्षेत्रमा नयाँ अभ्यास सुरु गरेको छ । नगरपालिकाले नगरभित्रका हरेक सामुदायिक विद्यालयमा गुनासो पेटिका यल्लो बक्स. राखेको छ । यल्लो बक्समा विद्यार्थीले विद्यालय तथा शिक्षकप्रति आफ्ना गुनासा तथा सल्लाह सुझाव भएमा राख्न सक्नेछन् । यसले विद्यालयमा भएका कमिकमजोरी सुधार्न सहज हुने नगर प्रमुख अजय थापाले विश्वास व्यक्त गर्नुभयो । नगरका सबै सामुदायिक विद्यालयमा भएका यल्लो बक्समा ढुक्कसँग आफ्ना गुनासा राख्न प्रमुख थापाले आग्रह गर्नुभयो । गुनासो राख्ने विद्यार्थीले आफ्नो नाम खुलाउन नपर्ने भन्दै यसले गुणस्तरीय शिक्षामा सहज हुने बताउनुभयो । यल्लो बक्समा आएको गुनासोलाई नगरपालिकाका शिक्षा शाखाका कर्मचारीहरूले नगर प्रमुखको रोहवरमा खोलेर समस्या समाधान गर्ने गरेका छन् । यसरी नगरपालिकाले आफ्नो रोहवरमा विद्यालयमा यल्लो बक...