Saturday, December 6Nepali Online News Portal

स्थानिय तह

मेयर द्वारा डीपीएस चैम्पको (DPS Champs) उद्घाटन

मेयर द्वारा डीपीएस चैम्पको (DPS Champs) उद्घाटन

खेलकुद, शिक्षा/रोजगार, समाचार, सुचना प्रविधि, स्थानिय तह
सुधांशु गिरी बैशाख २/ गल्लामण्डी कृष्णनगर नगरपालिका-२, गल्लामण्डीमा कृष्णनगर नगरपालिका नगर प्रमुख/ मेयर रजत प्रताप शाह द्वारा दीप प्रज्जवलन पछि फिता काटी डी.पी.एस (DPS Champs) चैप्मसको उद्घाटन गरियो । उद्घाटनमा प्रमुख अतिथी - रजत प्रताप शाह (मेयर- कृष्णनगर नगरपालिका), विशेष अतिथी - ई. अवन्ती कुमार तिवारी ( संस्थापक - DPS champs), दर्शनार्थी - ई. प्रदीप अग्रहरी( प्रधानाध्यापक) र आशिष अग्रहरी रहे । उद्घाटनको बेला - बिनय कुमार गिरी, राशिद मिर्जा, राम गोपाल गोयल, गोपाल चन्डेल, सुनिल कुमार मोदनवाल, रेनु शर्मा, मुक्तेश्वर मिश्रा, घनश्याम अग्रहरी, गौरव मणि त्रिपाठी, राहुल मोदनवाल, संजय गुप्ता, बिपिन गुप्ता लगायतका उपस्थिति रह्यो । शिक्षाको क्षेत्रमा नौलो सोचाई, तरिका, ऐडवान्स तकनिकी द्वारा शिक्षा दिने चैम्पस को उद्घाटन भएको हो । विधालय D.P.S. Champs हाम्रो नगर शहरमा आयेको हो । चैम्पस ...
सडक निर्माण कार्य, किन टुटेन घर ?

सडक निर्माण कार्य, किन टुटेन घर ?

समाचार, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्थानिय तह
कृष्णनगर नगरपालिका-२ कृष्णनगर मुख्यालय बजार श्रेत्र शहरी विकास मन्त्रालय बात मंगल प्रसाद गुप्ता (प्रतिनिधीसभा सदस्य, सँघिये सांसद) द्वारा योजना अन्तरगत बालमिकुन्द गुप्ता घर देखि नइमिया मस्जिद सम्मा १७० मिटर लम्बाई ११ मिटर चौडाइ दुबै तिर नाला भएको कालो पात्रो सडक निर्माण भइ रहेको छ । ठेकेदारले कस्को भनाईमा सडक नाला निर्माण कार्यमा अनियमितता गर्दै गरेको छन । पहिलो कुरा नाला सोझो छैन किन ? एक बराबर चडाई नाप छैन किन ? कसैको घर रातो चिन्ह भएको भन्दा बढी भतकाउने अनि कसैको घर रातो चिन्ह भएको छुदै न छुने । एक तिर नाला उचाईमा छ भने अर्को तिर नाला होचो छ किन ? १७० मिटर नाला बनाउने क्रम्मा बराबर छैन । ...
लैंगिक र घरेलु हिंसा बारे सचेतना कार्यक्रम

लैंगिक र घरेलु हिंसा बारे सचेतना कार्यक्रम

जीवनशैली, सुचना प्रविधि, स्थानिय तह
शिव प्रताप ओझा विजयनगर/ फागुन २८ विजयनगर गा.पा.-७ लालपुर चोकमा लैंगिक तथा घरेलु हिंसा बारे सचेतना मुलक कार्यक्रम बसंतपुर प्रहरी चौकी इन्चार्ज राजु गिरीको नेतृत्वमा सम्पन्न भएको हो । उक्त कार्यक्रमको बेला बसंतपुर, नरैनापुर र वरिपरि गाउँघरका महिला विधालय जाने ९ देखि १४/१५ वर्ष सम्माका छात्राहरु को पनि उपस्थिति रहेको थियो । कार्यक्रमको बेला गिरी द्वारा लैंगिक तथा घरेलु हिंसा बारे बिस्तृत जानकारी दिनुका साथ रोकथामको उपाय पनि बताउनु भयो । लैंगिक तथा घरेलु हिंसा गर्ने गराउने लाई कानुन बामिजिम जेल सजाय हुनेछ भनि जानकारी दिनु भएको हो । ...
शिवराजमा पाँच सयलाई झुल वितरण

शिवराजमा पाँच सयलाई झुल वितरण

आर्थिक, जीवनशैली, स्थानिय तह, स्वास्थ्य/उपचार
राज कुमार ठाकुर चन्द्रौटा, शिवराज कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ६ का स्थानीयवासीलाई लमखुट्टेको टोकाइबाट बचाउन झुल वितरण गरिएको छ ।वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा ५०५ जनालाई झुल वितरण गरिएको वडा अध्यक्ष माहेताब आलम खाले जानकारी दिनुभयो ।वडा अध्यक्ष खाका अनुसार वृद्ध, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, महिला तथा गर्भवती महिलालाई प्राथमिकता दिई झुल वितरण गरिएको हो ।अध्यक्ष खाले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै वडा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । “डेंगु, मलेरिया तथा लमखुट्टेबाट सर्ने अन्य रोगहरूबाट बच्न झुल उपयोगी भएकाले झुल वितरण गरेको बताउनु भयो ।वडा सचिव राम प्रसाद चौधरीका अनुसार झुल वितरणले स्थानीयको स्वास्थ्य सुधारमा सहयोग गर्ने विश्वास गरिएको छ ।गर्मी मौसममा लमखुट्टेको टोकाइबाट धेरै समस्या हुने भएकाले यो कार्यक्रम महत्वपूर्ण रहेको वडा सचिव राम...
खड्काद्वारा अक्षयकोषको स्थापना

खड्काद्वारा अक्षयकोषको स्थापना

आर्थिक, जीवनशैली, बिचार/ब्लग, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्थानिय तह
राज कुमार ठाकुर चन्द्रौटा/२२ फाल्गुन सामाजिक अभियन्ता तथा सञ्चारकर्मी दीपक खड्काले आफ्नो माता(पिताको नाममा अक्षय कोष स्थापना गरेका छन् । बालबालिकालाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने उद्देश्यले उनले शिवराज नगरपालिका–२ स्थित बाल शिक्षा माध्यमिक विद्यालयमा रु ५० हजारको अक्षय कोष स्थापना गरेका हुन् ।बुबा विष्णु खड्का र आमा सावित्री खड्काको नाममा स्थापित उक्त अक्षय कोष विद्यालयमा अध्ययनरत आर्थिक रूपले कमजोर विद्यार्थीहरूको शैक्षिक आवश्यकताहरू पूरा गर्न प्रयोग गरिनेछ। शुक्रबार आयोजित एक समारोहमा खड्काले विद्यालय व्यवस्थापन समितिलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।समारोहमा बोल्दै खड्काले आर्थिक अभावकै कारण कतिपय बालबालिका शिक्षाबाट बञ्चित हुनुपर्ने परिस्थितिप्रति चिन्ता व्यक्त गरे । उनले आफ्नो बाल्यकालका चुनौतीहरूको स्मरण गर्दै शिक्षा लिने क्रममा भोग्नुपरेका कठिनाइहरू रहेकोले समाजका सबै पक्षल...
पत्रकारिता तालिम समारोहबीच समापन

पत्रकारिता तालिम समारोहबीच समापन

जीवनशैली, समाचार, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्थानिय तह
धर्मेन्द्र कुमार कुर्मी फागुन ३/ शिवराज कपिलवस्तु शिवराजमा सञ्चालित तीन दिने पत्रकारिता तालिम आज एक समारोहबीच समापन भएको छ । दलित पत्रकार संघको आयोजनामा फागुन १ गतेबाट सुरु भएको तालिमा जिल्लाका दश पालिकाका २४ किशोर किशोरी सहभागि भएका थिए । समापन कार्यक्रममा बोल्दै विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले सत्य तथ्यका आधारमा पत्रकारिताका गर्नुपर्ने बताए । जनप्रतिनिधिहरुलाई खबरदारी गर्ने र राम्रा कामको जनतामाझ लैजाने जिम्मेवारी पत्रकारहरुको रहेको समाचार लेख्दा संवेदनशिल हुनुपर्ने बताए । तीन दिन सम्म चलेको तालिमले पत्रकारहरूको दक्षता अभिवृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका थिए कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रिय सदस्य रविदत्त मिश्राले पत्रकार समाजको ऐन रहेको बताए । पत्रकार राष्ट्रिको चौथो अंग रहेकोले सरकारले गरेका हरेक कामलाई निगरानी गर्नुपर्ने बताए । ता...
भव्यरुपले ने.क.पा. वडा कमेटी गठन

भव्यरुपले ने.क.पा. वडा कमेटी गठन

राजनीति, समाचार, सुचना प्रविधि, स्थानिय तह
सुधांशु गिरी फागुल ३/ कृष्णनगर (ने.क.पा) माओवादी केन्द्र कृष्णनगरकाे आयोजनामा वडा नं १ र २ मा ऐतिहासिक रुपमा वडा कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ । जसमा वार्ड नम्बर १ र वार्ड नम्बर २ का जनताले उत्साहपूर्वक भाग लिएका छन् । यस शानदार कार्यक्रमको उद्देश्य पार्टीको संगठन पुनः निर्माण र जनताको समस्याहरूको समाधानतर्फ एउटा महत्वपूर्ण कदम थियो। कार्यक्रमका प्रमुखअतिथि शान्ति देवि हरिजनले भनिन् "माओवादी केन्द्र पार्टी जनताको समस्याहरूको समाधान र विकासको लागि काम गर्दैछ।" विशिष्ट अतिथि राजेन्द्र आचार्यले यस कुरामा जोड दिए कि पार्टीको उद्देश्य सत्ता प्राप्ति मात्र नभई जनताको अधिकारको रक्षा गर्नु र उनीहरूको जिवनस्तर उकास्नु पनि हो। मौलाना मशहूद खां नेपालीको जाेसिलाे सम्बाेधन : मौलाना मशहूद खां नेपालीले आफ्ना जोशपूर्ण शब्दहरूमा भने, "माओवादी केन्द्र पार्टी सधैं उत्पीडित, कमजोर वर्ग र अल्प...
बालबालिकाको पोषण लेखाजोखा

बालबालिकाको पोषण लेखाजोखा

जीवनशैली, समाचार, सुचना प्रविधि, स्थानिय तह, स्वास्थ्य/उपचार
प्रदीप चौबे कृष्णनगर-४, रमवापुर नेपाल सरकार स्वास्थ्य मन्त्रालय निर्देशनानुसार नेपाल अधिराज्य भरि बालबालिकाको पोषण लेखाजोखा गरियेको हो । नियमित चल्ने कार्यक्रम अन्तरगर्त ६ देखि ५९ महिनाका बालबालिकाको पोषण अवस्था लेखाजोखा  (MASS SCREENING)कार्यक्रम भई रहेको छ । कृष्णनगर न.पा.क.व.-४ सिर्सिहवा स्वास्थ्य चौकी रमवापुर गाउँमा पृथी पाल तेली (कालिका स्वावलम्बन समाजिक केन्द्र - समुदायिक प्ररिचालक)को अगुविइमा सिर्सिहवा स्वास्थ्य चौकीका स्वास्थ्य कर्मचारी कार्यालय प्रमुख - राम कुमार गुप्ता (सि.अ.हे.वा),  बिरेन्द्र गुप्ता (अ.हे.वा), अकिंता चौधरी (अ.हे.वा), स्वास्थ्य सेविका - अजोरमति मौर्या, कल्पना देवी चौबे (स्वास्थ्य सेविका), वडा नं.-४ का वडा अध्यक्ष- घन्श्याम अग्रहरी लगायत ६ देखि ५९ महिनाका बालबालिकाको पोषण अवस्था लेखाजोखा कार्यक्रममा गरियेको छ । कृष्णनगर न.पा. कपिलवस्तुको सहयोगमा ६ देख...
वन कर्मचारी मिलिमता, काठ तस्करी

वन कर्मचारी मिलिमता, काठ तस्करी

आर्थिक, समाचार, सुचना प्रविधि, स्थानिय तह
कपिलवस्तु माघ २५ कपिलवस्तुको विजयनगर गाउँ पालिका र भारत को बलारामपुर नेपाल-भारत सिमामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु संचालनमा रहेकाले तस्करहरु भारतीय जंगलबाट कालाे सिसम र टिककाे काठ ल्याउने गरेका छन । विजयनगर गाउंपालिकाका वडा ६ , ७ र कृष्णनगर नगरपालिका वडा १२ भारतिय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउंहरुमा राति तस्कर हरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउंछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन । जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर,परशरामपुर घाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे स्राेतले जनाएको छन...
भुवनेश्वरीमा ४ काेठे भवन शिलान्यास

भुवनेश्वरीमा ४ काेठे भवन शिलान्यास

शिक्षा/रोजगार, समाचार, सुचना प्रविधि, स्थानिय तह
धर्मेन्द्र कुमार कुर्मी विजयनगर कपिलवस्तुकाे विजयनगर गाउँपालिका-३ जगदीशपुरमा अवस्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा ४ काेठे भवनकाे शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा (मगर) र गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले शुक्रबार संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् । गाउँपालिकाकाे सहयोगमा उक्त भवन निर्माण हुन लागेकाे विद्यालयका प्रधानाध्यापक टेकेन्द्रनाथ मिश्रले जानकारी दिए । उनले ४६ लाख ९१ हजार ५ सय १२ रुपैयाँको लागतमा भवन निर्माण हुन लागेको बताए । भवन निर्माणकाे ठेक्का विश्वकर्मा निर्माण सेवा शिवराज-५ चन्द्राैटाले पाएकाे उनलेे जनाए । शिलान्यास कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले शिक्षामा बढी लगानी गर्दै आएकाे बताएका छन् । गाउँपालिकाले शिक्षालाई प्राथमिकता राखेकाे हुँदा सबै विद्यालय र मदरसाहरुमा आवश्यकता अनुसार विकास निर्माण ल...