Saturday, May 30Nepali Online News Portal

जसपा नेपालको ४ महिने सुज अभियानको उद्देश्य पार्टीलाई वैकल्पिक र पहिलो शक्ति बनाउने


   


जनता समाजवादी पार्टी नेपालले संगठन सुदृधिकरण तथा जनजागरण अभियान थाल्ने भएको छ। काठमाडौँको डिल्लीबजारस्थित अमृतभोग पार्टी प्यालेसमा सम्पन्न दुई दिने केन्द्रीय समितिको बैठकले उक्त अभियान थाल्ने केन्द्रीय कार्यकारिणीको निर्णयलाई अनुमोदन गरेको हो। उक्त अभियानका लागि जसपाले सुज अभियान निर्देशिका पनि बनेको छ।

यस अभियानको नेतृत्व केन्द्रीय कार्यकारिणी सदस्यले गर्ने भनिएको छ। भाद्र १ देखि सुरु भै मङ्सिर मसान्तसम्म चल्ने अभियान मुख्यत: संघीय निर्वाचन क्षेत्र केन्द्रित हुने छ।

अभियानले पार्टीलाई वैचारिक रुपमा वैकल्पिक र शक्तिको हिसाबले पहिले बनाउने, समायोजनको बाँकी काम सम्पन्न गर्ने, बिकृतिविरुद्ध जागरण ल्याउने , विधान अधिवेशन सम्पन्न गर्ने, निर्वाचनको तयारी गर्ने लगायतका उद्देश्य राखेको छ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्