नेपालका प्रख्यात विद्वान शमीम अहमद नदवी सम्मानित
सुधांशु गिरी
विश्वस्तरीय सम्मान: नेपालका प्रख्यात विद्वान शमीम अहमद नदवी सम्मानित लखनउ (भारत) – नेपालका शैक्षिक, धार्मिक र साहित्यिक क्षेत्रमा एक गौरवशाली क्षणको रूपमा, जामिया सिराजुल उलूम अल्सलफियह, कृष्णानगर नगर पालिका, वार्ड नम्बर ३, लक्ष्मीनगर का अध्यक्ष मासिक पत्रिका उर्दू अल-सिराज का सम्पादक, प्रख्यात विद्वान र लेखक शमीम अहमद नदवी लाई उनका अतुलनीय शैक्षिक र साहित्यिक योगदानको मान्यता स्वरूप अवार्ड प्रदान गरिएको छ ।
यस सम्मानले केवल राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा उनीद्वारा पुरा गरिएको उर्दू भाषा र साहित्यको सेवालाई मान्यता दिएको छ । शमीम अहमद नदवीको दीर्घकालीन प्रयासले नेपालभित्र मात्र नभई सीमापारि पनि उर्दू भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनमा अमूल्य योगदान पुर्याएको छ ।
यो सम्मान केवल एक व्यक्तिको उपलब्धि होइन, सम्पूर्ण नेपालका उर्दूप्रेमी, विद्वान र शैक...









