दूधाधारी नमुना माविले मनायो ६७ औँ वार्षिकाेत्सव तथा अभिभावक दिवस
धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-१ गुगाैेलीमा अवस्थित दूधाधारी नमुना माध्यमिक विद्यालयले ६७ औँ वार्षिकाेत्सव तथा अभिभावक दिवस मनाएकाे छ ।
विद्यालयले यसै अवसरमा उत्कृष्ट अंक प्राप्त गरेका विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएकाे प्रधानाध्यापक सुग्रीव प्रसाद काेरीले जानकारी दिए ।
गाउँपालिका शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले विद्यालयले वार्षिकाेत्सव र अभिभावक दिवस मनाउन आवश्यक देखिएको बताएका छन् । उनले विद्यार्थीहरुले अतिरिक्त क्रियाकलाप र आफ्ना प्रतिभाहरु प्रस्फुटन गर्न पाउने महत्त्वपूर्ण अवसर भएकाेले वार्षिकाेत्सव र अभिभावक दिवसमा रचनात्मक क्रियाकलाप गरि मनाउनुपर्नेमा जाेड दिए ।
विद्यालयले गरेका विभिन्न क्रियाकलापहरु अभिभावकहरुले पनि थाहा पाउने र आफ्ना गुनासा, सल्लाह, सुझाव र प्रशंसासमेत गर्न पाउने माैेका हुने बताउँदै विद्यालय र अभिभावकसँग जाेड्ने विष...









