राज कुमार ठाकुर
शिवराज/ २१ फाल्गुन
कपिलवस्तु– कास्की जिल्लाबाट बसाइँसराइ गरी शिवराज नगरपालिकामा बसोबास गर्ने कास्कीबासीहरू द्वारा ‘कास्केली शिवराज समाज’ गठन गरिएको छ । भेलाले शिवराज सुवेदीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।समितिमा कृष्ण पौडेल उपाध्यक्ष, नवराज न्यौपाने सचिव, कमला देवी सुवेदी सहसचिव, तथा लाल बहादुर थापा कोषाध्यक्ष चयन भएका छन । त्यस्तै, सदस्यहरूमा शशिधर सापकोटा, विजय सापकोटा, शिवराज ओझा, र समसेर नेपाली रहेका छन ।यस्तै, भेलाले भवनराज पौडेलको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । नवनिर्वाचित सचिव नवराज न्यौपानेका अनुसार समाजले कास्कीबासीहरूको आपसी सहयोग, एकता र पहिचान प्रवर्द्धन गर्दै सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ ।समाज गठनसँगै शिवराज नगरपालिकामा कास्कीबासीहरूको सक्रिय सहभागिता बढ्ने अपेक्षा गरिएको छ ।
