Friday, May 29Nepali Online News Portal

भुवनेश्वरीमा ४ काेठे भवन शिलान्यास


   

धर्मेन्द्र कुमार कुर्मी
विजयनगर

कपिलवस्तुकाे विजयनगर गाउँपालिका-३ जगदीशपुरमा अवस्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा ४ काेठे भवनकाे शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा (मगर) र गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले शुक्रबार संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् ।

गाउँपालिकाकाे सहयोगमा उक्त भवन निर्माण हुन लागेकाे विद्यालयका प्रधानाध्यापक टेकेन्द्रनाथ मिश्रले जानकारी दिए । उनले ४६ लाख ९१ हजार ५ सय १२ रुपैयाँको लागतमा भवन निर्माण हुन लागेको बताए । भवन निर्माणकाे ठेक्का विश्वकर्मा निर्माण सेवा शिवराज-५ चन्द्राैटाले पाएकाे उनलेे जनाए ।

शिलान्यास कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले शिक्षामा बढी लगानी गर्दै आएकाे बताएका छन् । गाउँपालिकाले शिक्षालाई प्राथमिकता राखेकाे हुँदा सबै विद्यालय र मदरसाहरुमा आवश्यकता अनुसार विकास निर्माण लगायत कार्यमा बजेट विनियोजन गर्दै आएको उनले बताए ।

यसकाे विद्यालयकाे भाैतिक संरचना जीर्ण हुँदै जाँदा गाउँपालिकाे ध्यानाकर्षण भएको बताउँदै विद्यालयकाे चाैतर्फी विकास सहयोग गर्ने अध्यक्ष थापाले प्रतिबद्धता समेत जनाए । विद्यालय सबैकाे साँझ थलाे भएकोले विद्यालयकाे विकासमा सराेकारवाला लगायत सबैकाे आवश्यकता देखिएकाे उनले बताए ।

यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले विद्यार्थीकाे चाप अनुसार खेलमैदानलाई व्यवस्थापन गर्नुपर्ने बताइन् । उनले विद्यालयकाे नाममा रहेका जग्गालाई विद्यालयले आफ्नो नियन्त्रणमा ल्याउनुुपर्नेमा जाेड दिइन् । विद्यार्थीकाे अनुशासन कमजोर देखिएको भन्दै विद्यार्थीलाई अझै अनुशासित बनाउन शिक्षकहरुलाई उपाध्यक्ष चाैधरीले अनुरोधसमेत गरिन् ।

यसैगरी शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले यस विद्यालयमा जनशक्ति अनुसार शिक्षाकाे गुणस्तर र सिकाई उपलब्धी थाेरै भएकाेले जनशक्ति बढी भएकाेेले उपलब्धी पनि राष्ट्रिय मापदण्डअनुसार कम नहुने गरि लाग्नुपर्नेमा जाेड दिए । शैक्षिक गुणस्तरीयता र प्रभावकारिताका लागि अभिभावककाे पनि महत्त्वपूर्ण भूमिका हुने हुँदा शिक्षाप्रति चाँसाे लिनुपर्ने बताउँदै सक्रियता देखाउन उनलेे आग्रह गरे ।

विद्यालयका प्रधानाध्यापक टेकेन्द्रनाथ मिश्रले भवनकाे अभाव भएको बताउँदै भाैतिक संरचना, फर्निचर, खानेपानी, लगायतका समस्या र शैक्षिक गुणस्तरीयतालाई मध्यनजर गर्दै व्यवस्थापनमा लागेको बताए । कार्यक्रमलाई पुर्व वडा अध्यक्ष बुद्धिराम अर्याल, खिम थापा, गाेपाल काेइराला, कृष्ण प्रसाद आचार्य लगायत सम्बाेधन

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्