Friday, May 23Nepali Online News Portal

कृष्ण जन्मदिनको अवसरमा शुभकामना


   

धर्मेन्द्र कुमार कुर्मी
विजयनगर/ भाद्र ९

कृष्णनगर नगर पालिका 2 कपिलवस्तु डा:पूनम चौहान डा: सुनील कु चौहान (MBBS) भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा कृष्ण जन्मदिनको अवसरमा कपिलवस्तु वासीलाई शुभकामना संजीवनी हेल्थ क्लिनिक द्वारा शुभकामना व्यक्त गरेको छ । कृष्ण जन्मदिन हिन्दूहरूले मनाइने वार्षिक पर्व हो । यो पर्व भगवान कृष्णको जन्म हुन्जेल राती १२ बजे सम्मा गीत गाउदै पुजापाठ गर्दै गरि रहेको हुन्छन भन जन्म पछि प्रसाद वितरण गर्ने प्रथा रहेको छ ।

कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग,कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी भनिन्छ। जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजन-कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ। नेपालमा समेत विभिन्न समुदायका हिन्दू धर्मावलम्बीहरू कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउने गर्छन्।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्