Thursday, May 22Nepali Online News Portal

कलश यात्रा नगर भ्रमण पुर्ण


   

प्रदीप चौबे
कृष्णनगर-३, माघ ८

विगत दुई वर्ष देखि कलश यात्रा कृष्णनगर नगरपालिका-३, कृष्णणगरको श्री भोलेश्वर नाथ शिव तथा हनुमान मन्दिर संरक्षण समिती बाट पुरै कृष्णनगर बजार भरि नगर परिक्रमा गराई फेरि श्री भोलेश्वर नाथ शिव तथा हनुमान मन्दिर फर्किन्छ ।

मिति २०८१ साल माघ ७ गते दिन सोमबार कलश यात्रामा २५१ कलशलाई महिला, बालिका हरुले आफ्ना-अफ्ना टाउकोमा राखि नगर परिक्रामा गर्ने गरेको छ्न । पुजारी- पण्डित राज कुमार मिश्रा र उनको सहयोगी- मोह्न जैसी कलश यात्राको बेला (श्री भोलेश्वर नाथ शिव तथा हनुमान मन्दिर संरक्षण समिती) अध्यक्ष- जीवन श्रीवास्तव, उपाध्यक्ष- विन्दवाशिनि गुप्ता, सचिव-  राजेन्द्र अग्रहारी (राजु), सहसचिव- सालिक राम अग्रहरी , कोषाध्यक्ष- नन्द किसोर वर्मा , सदस्यहरु- गोपाल मिश्रा, तारा यादव, विन्दवासिनी तिवारी, पुजारी पासी, बजरँगी गुप्ता, बब्बु भगत यादवको उपस्थिति रह्यो ।

अमन गुप्ता(कौलापुरी), महेश यादव, राहुल मोदनवाल (वडा-२ वडा सदस्य), स्वाकिये सचिव- ब्रीजेश कुमार गुप्ता (सांसद प्रतिनिधि), सुनिल मोदनवाल (जिल्ला अध्यक्ष युवा संघ, रा.प्र.पा), गोपल प्यारे चन्देल ( नगर अध्यक्ष ऐ.मा.ले), मनोज ओझा (समाजसेवी/ खोज न्युज टुडे संचालक), शिवा कश्यप, विक्की मिश्रा आ-आफ्नो सहयोग गरेको हुन ।

सुरक्षाको दृष्टिकोणले कृष्णनगर इ.प्र.का कार्यालय प्रमुख सुरज खत्री, सइ- सुशील के.सी., भक्त बहादुर राणा (प्रहरी सहायक हवलदार), बिनोद श्रेष्ठ (प्रहरी जवान), भगत चौधरी (हवलदार), नवीन यादव (प्रहरी जवान) समेत खटियेको थिये । साथमा कृष्णनगर नेपाल सशस्त्र प्रहरी पनि खटियेको थिये ।

कलश यात्रा श्री भोलेश्वर नाथ शिव तथा हनुमान मन्दिर बाट शुरु भई शिव बिडी फैक्ट्री, पुरानो इ.प्र.का. कार्यालय, कृष्णनगर नगरपालिका, यात्रु गेटको शिव मन्दिर, गोल घर, गुरुद्वारा, लिकं गेट (मुख्य बाटो/ भंसार), दुर्गा मन्दिर(पुरानो बस पार्क) बाटो हुँदै फेरि पुरानो इ.प्र.का हुँदै श्री भोलेश्वर नाथ शिव तथा हनुमान मन्दिर कलश यात्रा शान्तिपूर्ण पुर्ण गरियो ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्