जतना समाजवादी पार्टी पुर्नगठन कार्यक्रम
सुधांशु गिरी
शिवराज/ मंसिर २१
जतना समाजवादी पार्टी पुर्नगठन कार्यक्रम लुम्बिनी ग्रीन रेसोर्ट चन्द्रौटा, कपिलवस्तुमा सम्पन्न भयो ।
मिति २०८२ मंसिर २० गते भएको जसपा पुनर्गठन कार्यक्रममा अशोक कुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश समिति पुनर्गठन गरेको छ । शनिबार कपिलवस्तु जिल्लामा सम्पन्न पार्टीको प्रदेश समिति पुनर्गठन भेलाले अकरम पठानको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।
पार्टीको नवगठित प्रदेश समितिको उपाध्यक्ष पदमा नेत्र बहादुर थापा, मोहम्मद अस्लम अन्सारी एवम् लालिमा मल्ललाई चयन गरिएको छ । त्यसैगरी मुख्य सचिवमा विवेकचन्द्र मिश्र चुनिएका छन् भने सचिव पदमा सुनिल पाठक र सुमित्रा नेपाली तथा कोषाध्यक्ष पदमा मोहम्मद जुनेद कादरी चयन भएका छन् ।
त्यस्तै प्रदेश सदस्यहरुमा राजिव बर्मा, तरन्नम बानु ढपाली, साबित्री गिरी, वाहिद हलुवाई, जकी खान, सगीर ...









