ट्राफिक र भंसार सम्बन्धि भारतीय प्रयटकहरुलाई जनचेतना मुलक कार्यक्रम
सुधांशु गिरी
कृष्णनगर, भंसार/ कार्तिक २१
कृष्णनगर नगरपालिकाका उधोग वाणिज्य संघका अध्यक्ष- रितेश शर्मा ज्युको अध्यक्षतामा कृष्णनगर नेपाल भंसार कार्यालको यात्रु शाखाको भवनमा ट्राफिक र नेपाल भंसार संबंधित जन चेतना कार्याक्रम सम्पन्न भएको हो ।
भारत बाट नेपालको विभिन्न स्थानहरु - काठमाडौको पशुपतिनाथ मन्दिर लगायत तीर्थ स्थाल, पोखारा, लुम्बिनी, बुटवल, तौलिहवा, सुपादेउराली, प्रभुनाथ दर्शन लगायतका स्थानहरु घुम्ना निमित भारतीय यात्रु आफ्नो सुविधानुसार भारतीय नम्बर भएका सवारीसाधन लगायत ल्याउने गरेका छन । नेपाल भित्र विभिन्न स्थान घुम्न जादा गाडीको भंसार गराउने, पटके (रोड पर्मिट) लिने, ट्राफिक नियमानुसार मोटरसाइकलको हकमा हेल्मेट र हेल्मेटको फिता लगाउने, दुई भन्दा बढी सवारी न बस्ने, जुत्ता लगाई चलाउने, चार चक्केको हकमा सीट बेल्ट लगाउने, सीट भन्दा बढी सवारी न बसाल्ने, दुबै गाडीको हकमा - ...









