Friday, May 29Nepali Online News Portal

रक्तदान : सय भन्दाबढीको सहभागिता


   

धर्मेन्द्र कुमार कुर्मी
विजयनगर

कपिलवस्तुको विजयनगर गाउँपालिकामा बृहत् रक्तदानमा कार्यक्रम गरिएको छ । शनिबार भएको रक्तदानमा १ सय ३० जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।

राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीको आयोजना, गाउँपालिकाको सहयोग र नेपाल रेडक्रस सोसाइटी बुटवल-रुपन्देहीको प्राविधिक सहयोगमा वडा नम्बर ६ बद्धौरमा अवस्थित विजयनगर आधारभूत अस्पतालमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो।

रगत अभावले कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रगत दान गरेका युवा संघ विजयनगर गाउँ कमिटीका अध्यक्ष तौलेश्वर खटिकले जानकारी दिए ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्