प्रदीप चौबे
लखौरा -१२/ बैशाख १९
मिति २०८१ साल बैशाख १९ गते बुधबारका दिन दिउँसो करिब ०३:३०/०४:०० बजेको बिच भगवानपुर-१२ को लखौरा गाउँमा आगो लागेको जानकारी साथ दमकल घटना स्थलमा पुगी र गाउँ समाजको सहयोगले खेतमा लागेको आगो माथी नियन्त्रण गर्ना सफल भएको हुन ।
प्राप्त जानकारी अनुसार केही बच्चाहरुले चाउचाउ पकाउनुको निम्ति घर बहिरै इट्टा जोडी चाउचाउ पकये पाछि बलेको आगो त्यतिकै छोडी पाकेको चाउचाउ खानको लागि घर तिर लागि हवाको कारण खेतमा आगो लागेको थियो जुन चाहिँ नियन्त्रणमा भएको हो । राम्रो कुरा के थियो भने आगोको चपेटामा गाउँघर परेनन् जस्को कारण गाउँघर, गोठालो र ठूलो क्ष्यती हुन बाट सुरक्षती रह्यो ।
समयमै गाहु कटिसकेको कारण गहुलाई पनि कुनै प्रकारको क्ष्यति भएन ।
