Friday, July 24Nepali Online News Portal

१ क्विन्टल ६० किलाे अवैध कुखुरा नष्ट


   

धर्मेन्द्र चौधरी
विजयनगर/ बैशाख १३

सशस्त्र प्रहरी बल नेपाल (बिओेपी) विजयनगरले १ क्विन्टल ६० किलाे अवैध ब्राेइलर कुखुरा नष्ट गरेकाे छ । विजयनगर गाउँपालिकाकाे ठाकुरापुर-परसुरामपुर नेपाल-भारत सिमा नाकाबाट बरामद गरिएको अवैध ब्राेइलर कुखुरा नष्ट गरिएको सशस्त्र प्रहरी विजयनगरले जनाएको छ ।

तस्करले चाेरी पैठारी गरि भारतबाट नेपालतर्फ ओसारपसार गरि ल्याएकाे अवैध ब्राेइलर कुुखुरा बरामद गरि नष्ट गरिएकाे सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीले जानकारी दिए । बरामद गरिएको कुखुराको मुल्य ४० हजार रुपैयाँ बराबरको रहेकाे उनले बताए ।

प्रहरीका अनुसार सशस्त्र प्रहरी निरीक्षक सन्तोष डौगीको कमाण्डमा ७ जना र प्रहरी चौकी ठाकुरापुरका प्रहरी सहायक निरीक्षक सुन्दर चौधरीको कमाण्डमा खटिएकाे २ जनाकाे संयुक्त गस्ती टोलीले उक्त अवैध चाेरी निकासीकाे कुखुरा बरामद गरेकाे हाे ।

बरामद गरिएको कुखुरालाई पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा ८ र ९ अनुसार नष्ट गरिएको छ । पशु क्वारेन्टाइन कृष्णनगरका प्रतिनिधि डा. दयाराम चाैधरी, प्रहरी, स्थानीय र सञ्चारकर्मीकाे राेहवरमा कुखुरालाई नष्ट गरिएको सशस्त्र प्रहरी विजयनगरले जनाएको छ ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्