काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले कोभिड १९ को सामना गर्न विश्व ज्ञान, विज्ञान र आविष्कारको क्षेत्रमा अझैं काम गर्नु पर्ने देखिएको बताएको छ।
भर्खरै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकमा प्रस्तुत वर्तमान परिस्थिति र हाम्रो कर्यदिशासम्बंधी राजनीतिक प्रतिवेदन तथा प्रस्तावहरुमा उक्त विषयलाई उठाईएको छ। यसको उन्मुलनका लागि उचित व्यवस्थापन, अनुगमन र कार्ययोजना बनाई अगाडी बढ्न पार्टीले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन सरकारलाई सुझाव दिएको तर आफ्नो अव्यावाथा, भ्रष्टाचार र कमिशनतन्त्रको पोल नखुलोस भन्नका लागि ओली नेतृत्वको सरकारले यो प्रस्तावलाई अस्विकार गरेको समेत आरोप लगाएको छ।
महामारी रोकथाममा आफ्नो शक्ति परिचालन गर्नु पर्ने र प्रदेश सरकारले बिशेष पहल गर्नु पर्ने प्रस्ताव समेत जसपाले राखेको छ।
