Saturday, September 12Nepali Online News Portal

बच्चाहरु द्वारा तीजको उप्लक्षमा देखाए आफ्नो कला


   

सुधांशु गिरी/ कृष्णनगर-४
भदौ २६

कृष्णनगर नगरपालिका-४ को रमवापुर गाउँमा रहेका श्री शिव शक्ति आधारभुत (१-५) विधालयमा नेपालमा मनाईने तीजको उप्लक्षमा तीजगीत मनाईयो ।

आउने मिति २०८३ साल भदौ २९ गते पर्ना गयेको तीजको उप्लक्षमा कृष्णनगर नगरपालिका-४, रमवापुरको श्री शिवशक्ती आधारभुत (१-५) विधालयमा पढदै गरेका स साना बाबुनानीहरु द्वारा प्रेणादायक, सुचना युक्त नाच गानको माध्यमबाट तीज कार्यक्रम भव्य रुपमा सम्पन्न गरियो ।

उक्त कार्यक्रममा वि.व्य. स. अध्यक्ष बिजेन्द्र कुमार कहार (दिनेश), वि.व्य. स. सदस्य -हरि प्रसाद यादव, अतिथी श्री विनय कुमार गिरी, समाजसेवी शाहिद खान, सुजित सिंह यसैगरी विधालय शिक्षक/ शुक्षिका – श्री अन्नत राम मौर्य (प्रधान्ध्ययपक), खुम कला रेश्मी, सीमा यादव, राम पारस खडका, सीमा सहानी (बाल विकास), उमेश चौधरी (का.स) लगायत उपस्थिति थियो ।

कार्यक्रमको बेला हाजिरी जवाफ प्रतियोगिता भएको थियो जस्मा विधार्थीहरु चार समूह गठन गरियो, कजरी तीज गीत नानीहरु द्वारा प्रस्तुत गरियो र अन्त्यमा नानीहरु ले कविता सुनाए को जानकारी श्री शिवशक्ती आधारभुत (१-५) विधालयका का.स. उमेश चौधरी द्वारा प्राप्त भयो ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्