
सुधांशु गिरी
कृष्णनगर न.पा./ मंसिर १९
मिति २०८२ साल मंसिर १९ गते दिन शुक्रवार कृष्णनगर न.पा.को आयोजना र युनिसेफ नेपाल (फिल्ड कार्यालय भैरहवा, रुपन्देही) को सहकार्यमा कृष्णनगर-४, सिर्सिहवा स्वास्थ्य चौकीमा समुदायिक स्वास्थ्य तथा पोषण सेवासँग सम्बन्धित सामाजिक तथा व्यवहार परिवर्तन अन्तर्गत समुदायिक संवाद कार्यक्रम समपन्न भएको हो ।
उक्त कार्याक्रममा सिर्सिहवा स्वास्थ्य चौकीमा- संजना कुवर (SBC Consaltant) युनिसेफ नेपाल (फिल्ड कार्यालय भैरहवा, रुपन्देही), राम कुमार गुप्ता (सि.अ.हे.व), विरेन्द्र गुप्ता(अ.हे.व), अंकिता चौधरी (अ.हे.व.), लक्ष्मी हेला (अ.न.मी.), वडा.४ का वडा सदस्य- अखिलेश कुमार ठाकुर, शिक्षक- उमेश कुमार चौधरी, समाजसेवी- दिपेन्द्र मणि, स्वास्थ्य स्वम सेविका- उषा देवी मिश्रा, सुमन दुवे, कुमारी ममता कुमारी, रिता यादव, लक्ष्मी रैदास, कल्पना देवी चौबे, अजोरमति मौर्या,उषा कोरी, प्रमिला चौधरी लगायत का उपस्थिती रह्यो ।
कुनै समुदायले भ्याक्सिन न लिनु के कारण हो र त्यस समुदायलाई कुन तरिकाले भ्याक्सिन लिनु तैयार गराउनु र शिक्षाको अभाव छ । भ्याक्सिन बारे शिक्षा दिने अति आवश्यकता देखिनछ ।
यसै गरि स्वास्थ्य कर्मी अथवा स्वास्थ्य स्वम सेवीका लाई काम गर्दा फिल्डमा बढी समस्या देखिन्छ । टीटी, रेबिज भ्याक्सिन, बर्थ सेन्टर, अल्ट्रासाउन्ड लगायतका स्मस्या पनि रहेको छ, सुधार जरुरी छ ।
