
प्रदीप चौबे
रमवापुर-४ / भाद्र १८
मिति २०८२ साल भाद्र १८ गते दिन बुधबार कपिलवस्तुको कृष्णनगरमा-४, रमवापुर विघ्नहर्ताको मुर्ती रहेको प्रहरीको सुरक्षा बीच साथ रमवापुरको पोखरीमा इ.प्र.का कृष्णनगर प्रमुख – ईश्वर लौडारी र टोली विसर्जन गरिएको छ ।
मुर्तीलाई रमवापुर गाउँ देखि रुपगंज गाउँमा परिक्रमा गराई । भक्तजनहरू नाचगानका साथ तीन गणेश मूर्तिलाई इ.प्र.का कृष्णनगर प्रमुख – ईश्वर लौडारीको नेतृत्व र प्रहरी टोलीको उपस्थितिमा विसर्जन गरेको हुन ।
मुर्ति बिसर्जनको बेला वडा नं.४ का वडा सदस्य – अखिलेश कुमार ठाकुर, प्रहरी चौकी सिर्सिहवा टोली र प्रहरी चौकी बेदर्मीका प्रहरी पनि सुरक्षामा खटियेको थिये । सुरक्षाका लागि कृष्णनगर सशस्त्र प्रहरी टोली पोखरीको वरिपरि खटियेका थिये ।
कृष्णनग -४, रमवापुर रुपगंज मूर्ति विसर्जन शान्तिपुर्ण भएको जानकारी इ.प्र.का कृष्णनगर प्रमुख – ईश्वर लौडारी बाट प्राप्त भएको हो ।
सहयोगी – सुधांशु गिरी
