Friday, May 29Nepali Online News Portal

गाऊं मा पुग्दै एमाले, सक्रियता बढ्दै


   

धर्मेन्द्र कुमार कुर्मी
विजयनगर, ८ चैत्र ।

नेकपा एमालेले कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जाेलाहीमा सपना थारुकाे नेतृत्वमा ११ सदस्य टोली कमिटी गठन गरेकाे छ । यसैगरी वडा ६ गुडपानीमा शिव प्रसाद चाईकाे नेतृत्वमा १३ सदस्य टाेली कमिटी गठन गरिएको र खजजहनी डिहवामा राम अजाेर यादवकाे नेतृत्वमा ११ सदस्य टाेली कमिटी गठन गरिएको जनाइएको छ ।

नेकपा एमाले देशैभर जरा केन्द्रित अभियानलाई प्रभावकारी बनाउँदै अगाडी बढिरहेको क्रममा वडा कमिटीले वडा केन्द्रित अभियानलाई सक्रियता बढाएको छ । कार्यक्रममा नेकपा एमाले लुम्बिनी कमिटी सदस्य गाेपाल बहादुर थापा, जिल्ला सदस्य लाेकेश थापा, गाउँ कमिटी सदस्य प्रेम बहादुर कलवार, तिलक कँडेल, ६ का वडा कमिटी अध्यक्ष तेज प्रसाद पाैडेल, अनेम संघ गाउँ कमिटी अध्यक्ष अमृता खड्का, ४ का वडा कमिटी अध्यक्ष टंक बहादुर सुनार लगायतकाे उपस्थिति थियोे ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्