शिव प्रताप ओझा
विजयनगर/ फागुन २८
विजयनगर गा.पा.-७ लालपुर चोकमा लैंगिक तथा घरेलु हिंसा बारे सचेतना मुलक कार्यक्रम बसंतपुर प्रहरी चौकी इन्चार्ज राजु गिरीको नेतृत्वमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको बेला बसंतपुर, नरैनापुर र वरिपरि गाउँघरका महिला विधालय जाने ९ देखि १४/१५ वर्ष सम्माका छात्राहरु को पनि उपस्थिति रहेको थियो । कार्यक्रमको बेला गिरी द्वारा लैंगिक तथा घरेलु हिंसा बारे बिस्तृत जानकारी दिनुका साथ रोकथामको उपाय पनि बताउनु भयो । लैंगिक तथा घरेलु हिंसा गर्ने गराउने लाई कानुन बामिजिम जेल सजाय हुनेछ भनि जानकारी दिनु भएको हो ।
