सुधांशु गिरी
कृष्णनगर/ फागुन ९
गरिबीलाई अन्धकारबाट विकासको उज्यालो सम्मा नाराको साथ कृष्णनगरमा माओवादी केन्द्रको ऐतिहासिक बैठक सम्पन्न ।
“५९ लाख गरीब तथा बिपन्न बर्गका ब्यक्तिहरुकाे चिच्च्याहटले हामीहरुलाई झक्झक्याई रहेकाे छ । तसर्थ अब चुप बस्नु सम्भव छैन ।” – मौलाना मशहूद खां नेपाली
आज कृष्णनगर वडा नम्बर ५ मा माओवादी केन्द्र पार्टीको एक भव्य र ऐतिहासिक बैठक आयोजना गरिएको थियो । जसले राजनीतिक सचेतना र जनचेतनाकाे नयाँ बाटो खोलिदिएको छ । जनताको जोश र उत्साहले यसलाई प्रमाणित गर्यो कि अब परिवर्तनको समय आएको छ र उपेक्षित वर्गको अधिकारको पुनःस्थापना गर्नका लागि हरेक सम्भावित संघर्ष गरिनेछ ।
गणेश प्रसाद बन्जाडेकाे सन्चालनमा भएकाे कार्यक्रमकाे अध्यक्षता वसीम अकरमले तथा स्वागत भाषण कमाल खानले गरेका थिए । उनले पार्टीकाे सिद्धान्त, जनसेवामा समर्पित तथा समस्याहरूको समाधान गर्नका लागि अडिग भएर उभिने प्रतिबद्धता व्यक्त गरे ।
जनताको अधिकारको सुनिस्चित ताकाे लागि नयाँ अध्यायको शुरुआत :
यस ऐतिहासिक बैठकमा प्रमुख अतिथिका रूपमा प्रसिद्ध सामाजिक र राजनीतिक ब्यक्तित्व मौलाना मशहूद खां नेपाली, राजेन्द्र आचार्य, जावेद आलम खान र तुफैल आलम खान उपस्थित थिए । जसले उत्साही र दृष्टिकोणवर्धक मन्तब्यहरू दिएका थिए । बैठकमा पार्टीका नेताहरू र कार्यकर्ताले नयाँ राजनीतिक युगको आवश्यकता मात्र नभएर जनताको मौलिक अधिकारको रक्षा र विकास प्रक्रियालाई अघि बढाउने दृढ संकल्प व्यक्त गरे ।
मौलाना मशहूद खां नेपालीले आफ्नो भावनात्मक र ओजस्वी भाषणमा भने: “हामीलाई यस्तो राजनीति चाहिन्छ जुन केवल शब्दमा मात्र सीमित नहोस्, कार्यात्मक कदमहरूसँगै जनताको समस्याहरू समाधान गरोस् । हामीले यस्तो प्रणाली बनाउनु पर्छ जहाँ हरेक नागरिकलाई समानता, सम्मान र न्याय मिलोस् ।
उनीले थप भने: “नेपालको २०.२७% जनसंख्या आज पनि गरिबी रेखाबाट तल जीवन यापन गर्न बाध्य छन जुन ५९ लाख ११ हजार ६५९ मानिसहरूको संख्या हो। यो कुनै साधारण आंकडा होइन, बरु हरेक व्यक्तिको असहायता हाम्रो आत्मामा प्रश्न खडा गर्छ। के हामी यस अन्यायमा चुप बस्न सक्छौं? होइन! अब समय आएको छ कि हामी हाम्रो संघर्षलाई अझ तीव्र बनाऔं र यस्तो समाज बनाऔं जहाँ कुनै पनि व्यक्ति भोकै बस्न नपरोस्, कुनै पनि व्यक्तिले आफ्नो अधिकार नगुमाओस् र हरेक व्यक्तिलाई समान अवसर मिलोस् ।”
जनताको उत्साह र संगठनात्मक निर्णय :
बैठकको क्रममा उपस्थित जनताले आफ्नो जोश र समर्थनले यो प्रमाणित गर्यो कि उनीहरू परिवर्तनको लागि तयार छन्। माओवादी केन्द्र कृष्णनगर वडा नम्बर ५ को नयाँ नेतृत्व टोली घोषणा गरियो, जसमा: रोजेन अलीलाई वडा कमिटीकाे अध्यक्ष नियुक्त गरियो । सुनिता पासीलाई उपाध्यक्ष बनाइयो
राजू श्रीवास्तवलाई सचिव नियुक्त गरियो । यसका अतिरिक्त, १५ सदस्यीय एक बलियो समिति गठन गरियो, जसले जनकल्याणका लागि ठोस कदमहरू उठाउने छ।
बैठकमा सहभागी प्रमुख हस्तीहरू :
यस सफल कार्यक्रमलाई मूर्त रूप दिनेमा आजाद अहमद खान , नाजिम साहब, खुर्शीद आलम खान र अन्य सामुदायिक नेताहरूको विशेष योगदान थियो । उनीहरूको उपस्थितिले यो प्रमाणित गर्यो कि जनताको एकता नै परिवर्तनको सबैभन्दा ठूलो शक्ति हो ।
नयाँ युगको शुरुआत :
यो बैठक केवल एक संगठनात्मक कदम थिएन बरु राजनीतिक सचेतना, सामूहिक विकास र जनाधिकारको रक्षा गर्ने नयाँ अध्यायकाे शुरुआत थियो । उपस्थित व्यक्तिहरूले यो संकल्प गरे कि उनीहरू केवल आफ्नो क्षेत्रको लागि मात्र होइन, सम्पूर्ण नेपालको विकास र समृद्धिका लागि हरेक सम्भावित प्रयास गर्नेछन्। मौलाना मशहूद खां नेपालीले आफ्नो सन्देशमा भने: “हाम्रो उद्देश्य केवल भाषण दिने होइन, बरु वास्तविक कार्य गरेर हरेक नागरिकलाई त्यसको हक दिलाउने हो। जबसम्म जनता खुशहाल हुँदैन, तबसम्म हाम्रो संघर्ष जारी रहनेछ। हामी केवल आशा होइन, बरु उज्यालो र परिवर्तनको सन्देश लिएर आएका छौं!”
यो भव्य बैठकले स्पष्ट सन्देश दिएको छ कि गरिबी, अन्याय र उत्पीडन विरुद्धको संघर्ष अब अझ तीव्र हुनेछ र नेपालका प्रत्येक नागरिक विकासको यस यात्रामा समावेश हुनेछन् ।
– मौलाना मशहूद खां नेपाली
