राज कुमार ठाकुर
चन्द्रौटा/ भादौ ११
सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका-१, बनकसबासा मा दुर्घटना भएको छ । बसमा सवार २६ यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको लु १ ख १५९८ नम्बरको बस बनकसबासामा दुर्घटना भएको हो । बसमा सवार २६ यात्रु घाइते भएक जानकारी दिनु भएको छ । घाइतेको चन्द्रौटास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
