सुधांशु गिरी
कृष्णनगर / बैशाख १७
मिति २०८१ साल बैशाख १७ गते सोमबारको दिन नेपाल सशस्त्र प्रहरी बल (बी.ओ.पी) कृष्णनगर द्वारा चिनी-२.७५ क्वीन्टल, एक बोरा ज्यास पाईप, स्कुल शर्ट एक बोरा सनेती कृष्णनगर भंसार कार्यालय बुझायेको छ ।
चीनी तस्करी गर्ने क्रममा ८ बोरामा थोरै- थोरै मात्रामा गरि कुल २ क्वीन्टल ७५ किलो चीनी, एक बोरा भरी ज्यस पाईप, स्कुल शर्ट एक बोरा सशस्त्र टोली गुल्म गण कृष्णनगरले मिति २०८१ साल बैशाख १६ गते आइतबारका दिन हिरासतमा लियेको र मिति २०८१ साल बैशाख १७ गते सोमबारको दिन बिहान करिब १० बजे बुझायेको जानकारी सशस्त्र टोली गुल्म गण कृष्णनगरले दियेको छन ।
विभिन्न समानको तसकरी जस्तै प्याज, चीनी, चिसो, विभिन्न प्रकारको आईसक्रीम, अन्य खनिज पदार्थको भारत बाट नेपाल भंसार छली ल्याउदा देशलाई आर्थिक क्षाय्ती र भंसार छ्ली ल्याईको समानको मुल्य भन्दा बढी मुल्य लिने गरेको छन कृष्णनगर का केही व्यापारीहरुले ।
फोटो: सुधांशु गिरी
