Tuesday, January 13Nepali Online News Portal

शिक्षक संगठनको बैठक सम्पन्न


   

नेपाल बौद्धिक पेसाकर्मी महासंघ अन्तर्गत रहेका घटक संघ मध्यको शिक्षक संगठनको बैठक शनिबार सम्पन्न भएको छ। ललितपुरको बालकुमारीमा सम्पन्न बैठकले संगठनको नाम “समाजवादी शिक्षक फोरम नेपाल” टुंगो लगाएको छ। साथै बैठकले आगामी शनिबार बागमती प्रदेशको हेटौडामा पदाधिकारीको बैठक बस्ने निर्णय गरेको छ।

उक्त बैठकमा संगठनको बिधान लगायत बिषयमा छलफल गर्ने बताइएको छ। जसपा नेपालका केन्द्रिय कार्यालय प्रमुख प्रकाश अधिकारी प्रमुख अतिथि रहेको बैठकमा नेपाल बौद्धिक पेसाकर्मी महासंघका सह इन्चार्ज पूर्णबहादुर बस्नेत तथा पार्टीका केन्द्रिय सदस्य देवराज शर्माको आतिथ्यता रहेको थियो।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्