Friday, July 24Nepali Online News Portal

गिरी बाबा र लौडारीको नेतृत्वमा मुर्ती विसर्जन


   
Oplus_131072

प्रदीप चौबे
रमवापुर / असोज १७

कृष्णनगर नगरपालिका – ४ रमवापुरमा गिरी बाबा र लौडारीको नेतृत्वमा माता रानीको मुर्ती शन्तिपुर्ण विसर्जन भएको हो ।

विगत नौ दिन सम्मा माता भवानी (दुर्गा माता) को मुर्ती गाउँले आ-आफ्नो क्ष्राद्धा पुर्ण राख्ने विहान साझा पुजापाठ गरि सुरक्षा घेरामा राखी रमवापुर / रुपगंज गाउँमा परिक्रमा गराई विसर्जन भएको हो । विसर्जन रमवापुर गाउँको पुर्व रहेको पोखरीमा सम्मानित व्यक्ती विनय कुमार गिरी, वडा सदस्य अखिलेश कुमार ठाकुर, दिनेश कहार(समाजसेवी), इलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख / प्रहरी निरिक्षक – इश्वर लौडारी आफ्नो टोलीका साथ, सशस्त्र प्रहरी बल कृष्णनगरका टोली, गाउँसमाजका व्यक्तिहरु, समाजसेवी, समेत को उपस्थितिमा शन्तिपुर्ण र सुरक्षित विसर्जन भएको जानकारी भएको प्रहरी निरिक्षक – लौडारी बाट प्राप्त भएको हो ।

केही दिन पुर्व रमवापुरमा गणेश पुजाकै बेला हिन्दु मुस्लिमको बीच झण्डालाई लियेर झणप भएको हुनले सुरक्षा कडा को बीच विसर्जन गराईयेको हो । झै-झगणा हुने सम्भावनाका कारण सुरक्षा बढाईयेको थियो ।

सहयोगी संचारकर्मी :- सुधांशु गिरी

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्