
कृष्णनगर, भाद्र १७
मिति २०८२ साल भाद्र १७ गते दिन मंगलबार कपिलवस्तुको कृष्णनगरमा गणेश चतुर्थीको अवसरमा स्थापना गरिएको मूर्ति प्रहरीको सुरक्षाको साथ शिवानगरको पोखरीमा विसर्जन गरिएको छ ।
कृष्णनगरका सामाजिक तथा धार्मिक व्यक्तित्वको अगुवाईमा कृष्णनगरको गोलघर बाट मूर्ति विसर्जनको यात्रा सुरु भएको हो । भक्तजनहरू नाचगानका साथ तीन गणेश मूर्तिलाई कृष्णनगर बजार परिक्रमा गराई विसर्जन गरेको हुन ।
मुर्ति बिसर्जनको क्रममा अप्रिय घटना नहोस भनेर इ.प्र.कार्यालय कृष्णनगर प्रमुख – ईश्वर लौडारीको नेतृत्वमा प्रहरीको कडा सुरक्षा व्यवस्थाका बिचमा मुर्तिलाई नगर परिक्रमा गराइ विसर्जन स्थल सम्म पुर्याइएको हो । मूर्ति विसर्जनमा सशस्त्र प्रहरी नायब उपरिक्षक तुला बहादुर चौधरीको कमाण्डमा समेत सशस्त्र प्रहरी सुरक्षार्थ खटिएको थियो ।
कृष्णनगमा मूर्ति विसर्जनको क्रममा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, हिन्दु भक्तजनहरुको वृहत सहभागितामा मूर्ति विसर्जन भएको इ.प्र.कार्यालय कृष्णनगर प्रमुख – ईश्वर लौडारी बाट जानकारी भएको हो ।
सहकर्मी प्रदीप चौबेका साथ सुधांशु गिरी कृष्णनगर, कपिलवस्तु लुम्बिनी प्रदेश नेपाल
