सुधांशु गिरी
कृष्णनगर/ कपिलवस्तु, २०८१
मिति २०८१/१२/०८ गते सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जिल्ला कपिलवस्तु कृष्णनगर ब्यारियर चेकपोष्टमा सशस्त्र प्रहरी हवल्दार गोबिन्द्र के. सीको कमाण्ड्मा खटीई गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरको टोलीले चेकजाँच कजाँच गर्दा भारतबाट अवैध रुपमा भन्सार छलि, ल्याउँदै गरेको अन्दाजी मुल्य रु,५००००-(पचास हजार) बराबरको सुर्ती, खाने तेल, चीनी, पान मसला बरामद गरीएको त्यस्तै स.प्र.स.नि. हेमराज खत्रीको गाडी मोबाईल टोलीले कृष्णनगर न.पा बहदुरगंजमा छड्के चेकिङ्ग गर्दा हार्डवयेरका बिभिन्न सामान जस्तै धारकाे टुटि, ढोकाको ह्याण्डिल, पेन्ट लगायत अन्य सामानहरु अन्दाजी मुल्य रु.३५००० (पैतीस हजार) बरामद गरीएको उक्त बरामद गरीएका खाद्यान्न र हार्डवयेरका सामानहरु गरी जम्मा रु ७५००० (पचहत्तर हजार) भन्सार कार्यालयमा आवश्यक कार्बाहीको बुझाईएको जानकारी कृष्णनगर सशस्त्र प्रहरी बैरेक बाट प्राप्त भयो ।
