बिनोद ओझा कृष्णनगर
बढ़नी सिद्धार्थनगर
स्मैक कारोबारी ६.४४ ग्राम स्मैकको साथ गिरफ्तार गरियेको छ । एसएसबी र पुलिस को सयुंक्त टीम ले बढ़नी कस्बा निवासी एक जना आरोपीलाई गिरफ्तार गरियेको छ ।
एसएसबी र पुलिस को संयुक्त टीम ले मंगलवार विहाना स्मैक को काम गर्ने एक जना व्यक्तिलाई रेलवे क्रसिंग कल्लन डीहवा सडकको किनार बाट ६.४४ ग्राम स्मैक को साथ गिरफ्तार गरियेको हो । थप कार्यवाही को लागि पुलिस ले एनडीपीएस एक्ट को अनुसार मुद्दा दर्ता गरि स्मैक कारोबारीलाई अदालत पठाईयेको छ ।
एसएसबी 50वी वाहिनी बढ़नी इन्चार्ज सहायक कमांडेंट दीपक चंद र पुलिस चौकी इन्चार्ज बढ़नी अमला यादव को अगुवाई मा जवानहरु द्वारा सूचना को आधार मा मंगलवार बिहाना बढ़नी रेलवे क्रसिंग कल्लन डीहवा सडक नजिक बाट एक जना व्यक्तीलाई खानतलासी गर्ने क्रममा ६.४४ ग्राम स्मैक समेत गिरफ्तार गरियेको छ । गिरफ्तार अभियुक्त संग शोधपुछ गर्दा आफ्नो नाम विनय कुमार अग्रवाल छोरा बद्री प्रसाद अग्रवाल वर्ष ३६ निवासी वडा नं. १० गोला बाजार न.पा. बढनी थाना ढेबरुआ जिल्ला सिद्धार्थनगर बतायेको हो । थप अनुसंधानका लागि अरोपी लाई पुलिस ले एनडीपीएस एक्ट मा मुद्दा दर्ता गरि आरोपी लाई अदालत पठाईयेको छ ।
एसएसबी 50वी वाहिनी बढ़नी इन्चार्ज सहायक कमांडेंट दीपक चंदको अनुसार उक्त स्मैक कारोबारी यो घटना पुर्व दुई पटक स्मैककै कारण कारागार पुगेर आईसकेको हो । बढ़नी र कृष्णा नगर नेपाल मा स्मैकको तस्करी गरि सप्लाई गर्ने काम गर्थ्यो
जसको कारण नवयुवक स्मैकको सिकार हुन थालेको छन । लगातार एसएसबी र पुलिस सयुक्त मिली स्मैक कारोबारीहरु को विरुद्ध अभियान चलाई कारागार पठाईयेको छ ।
उक्त स्मैक तस्कर अग्रवाललाई गिरफ्तार गर्ने बेला एसएसबी सब इंस्पेक्टर नीतीश कुमार, आरक्षी आनंद यादव ,अजीत भगत , कृष्णा मौर्य र चौकी इन्चार्ज बढ़नी अमला यादव, मुख्य आरक्षी विजय गुप्ता, आरक्षी मनीष चौधरी लगायत को उपस्थिति थियो ।
