सुधाँशु गिरी
कृष्णनगर-४, कपिल्वस्तु
मिति २०८१ साल पुष २५ गते दिन बिहिवार कृष्णनगर नगरपालिकाको आयोजनामा कृष्णनगर-४, रमवापुर श्री शिव शक्ति आधारभूत विधालयको प्रडगमा नगर प्रमुखको उपस्तिथि मा सार्वजनिक सुनुवाइ सम्पन्न भयो ।
सार्वजनिक सुनुवाइको बेला कृष्णनगर नगरपालिका कार्यालयको उपप्रमुख र सल्लाहकार, वडा अध्यक्षहरु, अधिकृत, शिक्षा शाखा, स्वास्थ्य शाखा, सरसफाई शाखा, कृषि शाखा, भौतिक निर्माण शाखा प्रमुख लागयतको कर्मचारीको उपस्थिति थियो । उक्त सार्वजनिक सुनुवाइमा कृष्णनगरको काग्रेस गर सभापति विनय कुमार गिरी, मकशुद खा, विभिन्न मिडिया बाट पत्रकार, शिव शक्ति विधालयको शिक्षक र सर्वसाधारण, किसानको उपस्तिथि रह्यो ।
सार्वजनिक सुनुवाइकोमा कृषि, स्वास्थ्य, नाली, बाटो, सरसफाईको सम्बन्धमा कुरा भयो । कृष्णनगर नगरपालिकाले रमवापुरमा सिचाईको लागि दियेको बोरिंग विगत केही महिना देखि अल्पत्र रहेको र बोरिंगलाई शिघ्र अति शिघ्र गराउनका लागि नगरसभाती – गिरी द्वारा ध्यानाकर्षण गराईयो ।
सार्वजनिक सुनुवाइ सुदिप कुमार त्रिपाठीले पनि नगरप्रमुख शाहको सात वर्षको कार्याकालमा कृष्णनगर प्रमुख द्वारा सिफारिस न गर्दा ४ पटक योजना फिर्ता भएको जानकारी दितेको हुन ।
कृष्णनगर प्रमुख शाहले अलपत्र रहेको बोरिंग( कृष्णनगर नगरपालिका सबै), योजनाहरु फिर्ता हुने कारण र जनताले राखेको सवाल जस्तै – नाली/ सडक निर्माण, हरेक पोलमा बत्ती, कृषि, फोहर बाट हुने समस्या बाट छिटो भन्दा छिटो छुटकारा हुने हो भनी प्रतिबद्धता दिनु भएको हुन ।
कृष्णनगर नगरप्रमुख शाहले सशक्त रुपले खुल्ला रुपले दिशा पिसाब मुक्त क्ष्रेत्र लागू गर्ने गराउने आदेश दिनु भएको हुन । कृष्णनगर नगतपालिकालाई उदाहरणीय नगरपालिका बनाउने छु । नगर प्रमुख – रजत प्रताप शाह
