Friday, July 24Nepali Online News Portal

गुप्ताको अध्यक्ष उम्मेदवारी, अध्यारोमा हुने संघ


   

सुधांशु गिरी
कृष्णनगर, कपिलवस्तु

     यहीँ पुष १९ साल २०८१ २ वर्ष ढिलो हुन लागेको कृष्णनगर उधोग वाणिज्य संघको चुनावमा अध्यक्ष पदमा उम्मेदवारी रितेश शर्मा, पुर्व अध्यक्ष गुरु शरण सिंह(बन्टी सरदार), श्रावण सुरेका, शंकर शर्माको साथ राम कुमार गुप्ताले पनि आफ्नो अध्यक्ष पदको लागि उम्मेदवारी दिनु भएको हुन ।
     कृष्णनगर उधोग वाणिज्य संघ अध्यक्ष – राम कुमार गुप्ता कै पालामा चुनाव समयमा न भइ २ वर्ष सम्मा ढिलो भएको छ । गुप्ताको सोचाइ अनुसार कृष्णनगर उधोग वाणिज्य संघको चुनाव अझै पनि चुनाव लम्ब्याउने सोचाई रहेको थियो । गुप्ता उपचारको लागि प्राय भारतको लखनउमा बसोबास गरेको गर्थे । गुप्ताको अध्यक्षतामा स्थानिय व्यापारीहरु मर्कामा रहेको व्यापारीहरु को भनाइ छ ।
   कृष्णनगर उधोग वाणिज्य संघ पुर्व अध्यक्ष गुरु शरण शिंहको पाला र अथक प्रयासले सार्वजनिक सौचालय बजार अथवा नेपाल-भारत सीमा (मांग अनुसार)मा राख्ना निम्ति आयेको थियो तर अध्यक्ष गुप्ताको समय सीमा सम्पूर्ण भएको छ तर उक्त सर्वजनिक सौचालय कृष्णनगर उधोग वाणिज्य सँघमा राखी रह्यो र कुहिएर खतम भयो तर अहिलेसम्म को अध्यक्ष पदाधिकारी, सदस्यहरु लाई त्यति ठूलो सर्वजानिक सौचालय देखियेन, किन होला ?  नयाँ कुर्सी-टेबुल बनाईयो कृष्णनगर उधोग वाणिज्य संघको खर्चमा तर त्यो फर्निचर पनि प्रयोगमा आयेना, किन ?
    कृष्णनगर उधोग वाणिज्य संघ कोषाध्यक्ष – युवराज पोख्रेलले कोष निकासी बन्द न गरेमा र पुर्व अध्यक्ष – गुरु शरण शिंह(बन्टी सरदार) को अथक प्रयास, बारम्बार जिल्ला अधिकारीलाई भेट्नु, पत्र बुझाउने न गरेकोमा राम कुमार गुप्ता अहिले पनि कृष्णनगर उधोग वाणिज्य संघको चुनाव गराउने पक्षमा थियेन्न ।
       राम कुमार गुप्ताले फेरि के सोचेर मिति २०८१ साल पुष १९ गते हुन लागेको उधोग वाणिज्य संघको चुनावमा आफ्नो उम्मेदवारी दियेको छन । अब व्यापारीहरु पनि अध्यक्ष राम कुमार गुप्तालाई पदमा न ल्याउने पक्षमा देखिन्छन् ।
    

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्